श्रीमानले गरे श्रीमति मिनाको हँसियाले घाँटी छिनालेर हत्या


पैरवी खबर

बर्दिया समाचार/सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नम्बर ३ तोक्मा स्थित आफ्नै निवासमा पतिद्वारा श्रीमती मिनाको हँसियाले घाँटी छिनालेर हत्या भएको छ ।

३१ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिम्सा विरुद्धको अभियान नसकिदै आज सुर्खेतमा दिउँसो ३ बजेको समयमा ३८ बर्षका श्रीमान अम्मर बहादुर आलेमगरले अन्दाजी बर्ष ३० कि मिना आले मगरलाई धारिलो हतियार (हँसिया ) ले घाँटी काटेर हत्या गरेका हुन ।

निज अम्मर बहादुर आले मगरलाई सोही ठाउँको पलैटे स्वास्थ्य चौकी पछाडिबाट मानिसको टाउको सहित प्रहरीले नियन्त्रणमा लिएको कुरा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले बताउनु भएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।