अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेश, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावि सभा चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायल सम्पन्न भएको छ । नेपाली कांग्रेसका वडा सभापति शिवराज खत्रीको अध्यक्षतमा भएको चुनावी सभामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेरबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । चुनावी आमसभामा वोल्दै मन्त्री कुँवरले आफू कांग्रेस, माओवादी र समाजवादी तीनै पार्टीका साझा उम्मेद्वार भएको बताउनुभएको छ । उहाँले आफू निर्वाचित भएमा तीनै पार्टीका नेताको निर्देशन अनुसार अघि बढ्ने बताउनुभएको छ । कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहले अछाम निर्वाचन क्षेत्र नं.१ प्रतिनिधि सभामा कांग्रेसको चुनाव चिन्ह कलम, प्रदेश कमा रुख र ख मा हसिया हतौडा भएको बताउनुभयो । नेपाली कांग्रेसका नेता कार्यकर्ताले सोही अनुसार अघि बढ्नको लागि निर्देशन समेत दिनुभएको छ । कार्यक्रमका विशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एव्म राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले लोकतन्त्रका लागि लड्ने, संविधान निर्माणका लागि पनि महत्त्वपूर्ण योगदान पु¥याउने र गणतन्त्रका लागि लड्ने राजनीतिक दलबीच गठबन्धन बताउदै त्यसको फैसला गर्ने अधिकार अब नेपाली जनताको हातमा रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली काग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री तथा गठबन्धनका प्रदेस सभा (क) का उमेदवर मेघराज खड्काले यो क्षेत्रको विकासको लागि आफूलाई एक पटक मौका दिन आग्रह गर्नुभयो । उहाँले आफू निर्वाचित भएपछि यस क्षेत्रको विकासको लागि प्रदेश सरकारमा सशक्त आवाज उठाउने धारणा व्यक्त गर्नुभयो । चुनावी सभामा नेपाली कांग्रेसका निवर्तमान सभापति भरत कुमार स्वाँर, एकीकृत समाजवादी केन्द्रिय सदस्य अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सदस्य मिना साउद समानुपाति उम्मेदवार टिकाराम खनाल, डम्मर सुनार, केशरी रेग्मी, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष मोति सिंह धामीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य तपेन्द्र कुँवरले गर्नुभएको थियो ।