साँफेबगर।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा अध्यक्ष ललित बोगटीको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका टोलहरुमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको हो। वडाका विभिन्न टोलमा ३५ वटा घर, ३ वटा विद्यालयका भवन १ सन्तनिरंकारी भवन पूर्ण रुपमा क्षति भएको, ९७ घरमा आंशिक क्षेति भएको र एक सय ६५ घरमा सामान्य क्षेति भएको विवरण संकलन गरीएको छ। यस्तै विभिन्न टोलमा गरी १६ वटा शौचालयमा पनि क्षेति भएको जनाईएको छ। बाँकी रहेका टोलहरुमा भएको क्षेतिको विवरणको कार्य जारी रहेको वडा कार्यालयले जनाएको छ। आफूहरु वडाका सबै टोलमा गएर सबैले सुरक्षित रहन सुझाव दिएका वडा अध्यक्ष बोगटीले बताउनु भयो। घरमा क्षेति भएका मध्ये २० घर परिवारलाई तत्काल त्रिपालको व्यवस्था गर्न आवश्यक रहेको वडा अध्यक्ष बोगटीले बताउनु भयो। उहाँले भुकम्प पीडित नागरिकलाई राहत प्रदान गर्नका लागि नगरपालिका लगाएतका निकायसंग समन्वय गरीने बताउनु भयो। क्षेतिको विवरण संकलनमा नगरकार्यपालिका सदस्य अनिल रैगाई, वडा सदस्य भुपेन्द्र महता, मथुरा बि.क. उर्मिला खड्का, सामाजिक परिचालक राजेन्द्र बि.क., इलाका प्रहरी कार्यालय ठाँटीका इन्चार्ज अशोक खड्का पत्रकार एकेन्द्र महता लगायत सरोकारवालाको सहभागिता रहेको थियो।