कांग्रेस, माओवादी केन्द्र र समाजवादीको साझा उम्मेद्वार भएको महामन्त्री खड्काको भनाई


पैरवी खबर

अछाम निर्वाचन क्षत्र नम्बर १ अन्र्तगत प्रदेश सभा (क) को सत्ता गठबन्धनको घरदैलो तथा चुनावी कार्यक्रम चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीमा सम्पन भएको छ । घरदैलो तथा चुनावी कार्यक्रममा वोल्दै नेपाली काग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री तथा गठबन्धनका प्रदेस सभा (क) का उमेद्वार मेघराज खड्काले आफू नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीको साझा उम्मेद्वार भएको बताउनुभएको छ । अहिले विशेष परिस्थीतिमा गठबन्धन बनेको बताउँदै सोही अनुसार सम्पूर्ण पार्टीका नेता कार्यकर्ताले वुझ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रतिनिधि सभामा वोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेरबहादुर कुँवर र प्रदेश सभामा आफूलाई मत दिएर विजय गराउन आग्रह गर्नुभयो । घरदैलो तथा चुनावी आमसभा वोल्दै नेपाली कांग्रेसका निवर्तमान सभापति भरत कुमार स्वाँरले केन्द्र र प्रदेशमा दुवैमा गठबन्धनका उम्मेद्वार विजय भएमा कांग्रेसको जित हुने बताउनुभयो । उहाँले पार्टीका शिर्ष नेता गठबन्धनका उम्मेद्वारलाई विजय गराउन लागिसकेको बताउँदै कुनै संकोच नमानेर गठबन्धन जिताउने अभियानमा लाग्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाली प्राज्ञक यज्ञराज उपाध्याय, कांग्रेसका कार्यसमिति सदस्य भक्त ठकुल्ला, रुपा आउजी, एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य जित बहादुर निशानी, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राम बहादुर थापा, महासमिति सद्स्य तपेन्द्र खड्का, काग्रेसका क्षेत्रीय सभापति कृष्ण बुढा, नेपाल भारत जनसम्पर्क समितिका केन्द्रय सद्स्य मिन बहादुर बोहरा लगायतको सहभागिता रहेको थियो ।