अछाम : स्वतन्त्र उम्मेद्धार राजन कुँवरले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । साँफेबगरमा पत्रकार सम्मेलन गरी आफुले गर्ने कामको सुचि सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो उम्मेद्धारी अछामको विकास र जिल्लाको जनताको मुहारमा खुशी ल्याउनका लागि भएको उद्घोष गरेका छन् ।
उनले भने म राजनितिमा लागे देखि कुनै लाभको लागि काम गरिन् समाजसेवा नै मेरो प्रथामिक्तामा रह्यो अब चुनाव जिते भने जनतालाई पहिलो प्राथमिक्तामा राखेर काम गर्नेछु ।
उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संस्थागत भ्रष्टचार अन्त्य देखि विकास निर्माणका कुराहरु प्राथमिक्तामा रहेका छन् ।
उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, स्वरोजगारी, युवा तथा खेलकुद, पर्यटन, सामाजिक रुपान्त्ररण, सहयोग केन्द्र स्थापना र कृषी तथा पशुपालनलाई मुख्य प्राथमिक्तामा राखेका छन् ।
उनका अन्य प्राथमिक्ता यस्ता रहेका छन् ।
म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
आफ्नो क्षेत्रका सरोकारवालाहरूको राय सुझाव संकलन गर्न अनलाइन र अफलाइन माध्ययम बनाउने छु।
प्राप्त सुझावहरूलाई संसद्मा लगेर सम्बन्धित नीति, कानुनको छलफलमा राख्ने छु।
कोही कसैसँग नडराइ महत्वपूर्ण विषयहरूमा निर्धक्क आफ्नो विचार र आफ्नो क्षेत्रका मतदाताहरूको अडान राख्ने छु।
संस्थागत रुपमा मौलाइरहेको भ्रष्टाचारको विरुद्ध सडकदेखि सदनसम्म सशक्त आवाज उठाने छु।
निर्वाचन आयोगले स्थानीय तहमा उम्मेदवार बनेकाहरूबाट खर्च विवरण नबुझाउनेहरूलाई लाखौं रुपैयाँ जरिवाना गरेको छ। आयोगको उक्त अस्वभाविक जरिवानाले गर्दा निम्न वर्गको ढाडै सेकिएको छ। अस्वभाविक जरिवाना लिने उक्त ऐन संशोधनका लागि आवाज उठाउने छु।
उम्मेदवारहरूले चुनावको समयमा मत संकलन गर्न झुटा आश्वासन बाँड्ने र पछि पूरा नगर्ने परिपाटी छ। म चुनाव जित्नका लागि झुटा आश्वासन बाँड्न चाहान्न। जति गर्न सक्छु त्यति मात्रै भन्छु।