धनगढी : परियार सेवा समाज टिकापुरले तिहार मिलन कार्यक्रम गरेको छ । परियार सेवा समाजले शनिबार टिकापुरको योगाश्रममा भव्य रुपमा तिहार मिलन कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष ध्रुब परियारको अध्यक्षता सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका प्रमुख अतिथि थिए ।
परियार समुदायका अगुवा मनीराम देवल, बसन्त बागचन्द, छत्र बहादुर टेलर, उमिद बागचन्द, हिक्मत दर्जी, समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियार, साहित्यकार गणेश नेपाली, युवा नेता अमृत बि.सी., परियार सेवा समाज कैलालीका अध्यक्ष चक्र नेपाली, नेताद्धय शर्मिला बागचन्द र बिनु परियार, नेता तिलक परियार,सुरेन्द्र मोहन देवकर,भानु परियार, ललित परियार,लम्किचुहा नगरपालिका कार्य पालिका सदस्य कोपिला देवल, मोहन्याल गाउँ कार्य पालिका सदस्य सानी नेपाली, महिला अधिकारकर्मी निर्मला बागचन्द, ब्यूटिसियन एसोशियन टिकापुरकी नि बर्तमान अध्यक्ष रेखादेबी नेपाली अतिथि थिए ।
कन्या आधारभुत बिद्यालयका प्रअ शान्ती नेपालीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा निक साइमन नेशनल अवार्ड हिरो एवं सामाजिक अभियन्ता लोक बहादुर नेपालीले कार्यक्रमको उदेश्य बारे जानकारी गराएका थिए ।
कैलालीको टिकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरीया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिकाका परियार समुदायका अगुवा, युवा नेता, कार्य पालिका सदस्यहरु लगाएत २ सय ४३ जनाको सहभागीता रहेको थियो । कैलाली र बाँके जिल्लाका परियार समुदायका विभिन्न पेशा, व्यवसायमा आबद्ध सफल व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सोही अबसरमा टिकापुरका सफल कपडा व्यबसायी राम बहादुर नगार्जी,गोपाल परियार,सफल केरा खेती व्यबसायी थिरज दास,ललित कला राष्टिय पुरस्कारबाट सम्मानित जित बहादुर आउजीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
मनीराम देवल,बसन्त बागचन्द,छत्र बहादुर टेलर,उमिद बागचन्द,टिकापुरका अगुवा मोहन परियार,शर्मिला बागचन्द,ललित परियार,तिलक परियार,भानु परियार लगाएतले शुभकामना मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा बक्ताहरुले कार्यक्रमको उच्च प्रशंसा गर्दै परियार समुदायबीच एकता,सद्धभाव,सहयोगी भावना हुन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा कवि गणेश नेपाली,मिलन परियार र कैलाश देब नगार्जीले जात व्यवस्था विरोधी कविता बाचन गरेका थिए भने तपेन्द्र तिखातरीले जहाँ छन् बुद्धका आखा बोलको गित गाएका थिए । कार्यक्रम संचालन पदम सिंह परियारले गरेका थिए ।