टेकराज भण्डारी, असोज ५, अछाम
पशुपति मावि कमलबजार ४ चाल्साका शिक्षक कर्मचारीले आर्थिक सहयोग गरेका छन् । आज बसेको शिक्षक कर्मचारीको बैठकले भदौ ३० र ३१ गते आएको बाढी पाहिरो बाट पीडित घर परिवारका आफन्तलाई १६ हजार ३ सय ८० रुपैँया संकलन गरेको शिक्षक भरतराज रेग्मीले बताउनु भयो । संकलित रकम पीडितलाई सहयोग गरीने विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र चलाउनेको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक कटक बहादुर थापाको अध्यक्षतामा भएको बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ । विद्यालयका १८ जना शिक्षक तथा कर्मचारीले सहयोग गरेका छन् ।