गाइको संरक्षण र मानव सेवा अनिवार्य छ । डम्बरबहादुर महता


पैरवी खबर

साँफेबगर । अछामको साँफेबगर नगरपालिका १० घुघुरकोट महतागाउँ हाल घर नजिकै पर्ने विशालबजारमा बस्दै आउनुभएका डम्बर बहादुर महताले विगत ४ बर्ष देखि कामधेनु गौशाला संचालन गर्दै आउनु भएको छ ।

उहाँको गौशालामा अहिले २० देखि २५ ओटा गाईहरु रहेका छन । “उहाँ भन्नू हुन्छ :वास्तविक हाम्रो धर्म भनेको सनातन हो । सनातन भनेको अर्थ हृदय सम्राटलाई चिन्नु हो । वर्तमान समयमा हाम्रो संस्कार र सनातन लोप हुँदै जादा गाइको संरक्षण मानव सेवा अनिवार्य छ । गाइ पालनको फाइदा ब्यक्तिगत भन्दा पनि समाजकालागि उत्तिकै फाइदाजनक हुन्छ । भविस्यमा रात दुई गुणा ,दिन ४ गुणा बढ्यो भने यस ठाउँमा दुग्ध उद्योग , हुन सक्छ र जीवन नै ब्यापार हो भन्ने भान हुन सक्छ ” भन्ने उद्देश्यले यो गौशाला संचालनमा ल्याएको हु ।

धार्मिक कार्य , पुजा पाठ आदिमा आवश्यकता अनुसार गाइको घ्यू , दही , गोबर , गौत जुनसुकै ठाउँमा पनि निशुल्क लिन सकिने ब्यवस्था रहेको यस गौशालामा खेत बारीमा प्रयोग गरिने मल जो सुकैले खरिद गरेर लिन सकिन्छ ।

उहाँले मानव सेवाका लागि भोक लाई भोजन , प्यासलाई प्याउ र रातिका असाह्य लाई बास भन्ने उद्देश्यले आफ्नो घर संगै कामधेनु धर्मशाला निर्माण गरि संचालनमा ल्याएका छन ।