अर्जुन आउजी
महाराष्ट्र, भारतमा रेलमा च्यापिएर ज्यान गुमाएका अछाम जिल्लाको मंगलसेन – ४ खातिगाउका ३० वर्सिया प्रकाश भुलको एक शव भेटिएको छ ।
मृतक भुल लाई सेप्टेम्बर १५ तारिखका दिन भारतको तेलङ्गाना राज्यको हैदरावाद जिल्ला स्थित अलवाल स्टेशनमा रेलले ठक्कर दिएर किचेको थियो।
आफ्न्तको मलामिबाट फर्किदै गर्दा रेलवे पार गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको त्यहाँ रहेका टेक बहादुर आउजीले बताएका छन । घटनास्थलमै मृत्यु भएपनि आफन्तले ढिलो थाहा पाएका थिए ।
पाँच दिनसम्म पनि प्रकाश सम्पर्कमा नआएपछि उनको खोजि गर्ने क्रममा अलवाल स्टेशनमा उनले लगाएका कपडा र चप्पल भेटिए पछि त्यसको आधारमा शव खोजीकार्य थालिएको थियो।
मृतकका आफन्त राजेश भुलका अनुसार शवको हैदरावादको गान्धी अस्पतालमा पोष्टमार्टम भैरहेको र बुधवार(आजै) भारतमै दाहसस्कार गरिने भएको छ ।