जनमुक्ति सेनाका पूर्व कमाण्डर मृत अवस्थामा फेला
साफेबगर -अछाममा जनमुक्ति सेनाका पूर्व कमाण्डर मृत अवस्थामा फेला परेका छन ।
मंगलबार जिल्लाको कमलबजार नगरपालिका वडा नं.–६ बीरपथ किम्तोलाका ४९ वर्षीय जनमुक्ति सेना पूर्व कमाण्डर जगत शाही ‘मिलन’ दीप्तप्रकाश शाहीको शव सोही वडाको स्थानीय बुँदेखोलामा फेला परेका हुन।
शाहीका मंगलवबार विहान करिव ५ वजे स्थानीय गैरीटाँड बजार जान भनेर घरबाट निस्किएका बुझीएको छ ।
शाहीको शव उनको घरदेखि करिव ३ सय मिटर पर बुँदेखोलामा विहान साढे ११ बजे भेट्टिएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।