भाद्र,२० अछाम
साँफेबगर हाट बजार व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । हाट बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको हो । वैठकले महिनाको अन्तिम शनिवार मेडिकल र वासस्थान भएका होटल वाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
वजारलाई सफा र सुन्दर राख्नको लागि प्रत्येक व्यवसायीलाई पसल अगाडि डोको वा डस्बिन राख्नको लागि आग्रह समेत गरेको छ । हाट वजारमा व्यवसाय सञ्चालन गरेका तर पान नम्बर नलिएका व्यवसायीलाई ३५ दिनभित्र अनिर्वाय पान नम्बर लिनको लागि समेत आग्रह गरेको छ ।
बजार व्यवस्थापन समितिलाई नियम अनुसार अघि बढाउनको लागि कार्य सम्पादन समितिको गठन गरिएको छ । कार्य सम्पादन समिति व्यवसायी खेमराज कुँवर, प्रदीप के.सी अशोक कुँवर, आभा मण्डल, सुरेश पन्त, भरत खड्का, गोपाल कुँवर लगाएतको रहनुभएको छ ।