शेरबहादुर सार्की
कञ्चपुर, साउन २४ गते । शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय कञ्चनपुर गड्डाचौकीले मान बेचविखनको जोखिममा परेका २८५ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको छ ।
छिमेकी मुलुक भारतको सिमानामा रहेका कञ्चनपुर जिल्लाका गड्डाचौकी ब्रह्मदेव, दोधारा चाँदनी र बेलौरीबाट विभिन्न महिला ओसार पसार हुने गरेका छन् ।
सीमा निगरानी कार्यक्रम अन्तर्गत २०७८ साल असार देखि २०७९ साल असार सम्म कञ्चनपुरका गड्डाचौकी ,ब्रह्मदेव, दोधारा चाँदनी र बेलौरीबाट २८५ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको पुनस्र्थापना शाखा कार्यालयले कञ्चनापुर गड्डाचौकीले, जनाएको छ ।
शान्ति पुनस्र्थापना गृह शाखा कार्यालयले कञ्चनापुरका प्रमुख सञ्जित सिंहले गाउँका सोझा महिलालाई जागिरको प्रलोभन देखाउँदै भारतमा बेचविखन गर्ने उद्देश्यले लिदै गरेका २८५ महिला तथा बालबालिकाहरुको उद्धार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,नेपाल हुँदै भारत देखि तेस्रो मुलुक तर्फ जाने ३ हजार ४६५ जना महिला तथा बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गर्ने क्रममा नै मानव बेचबिखन तथा ओसार पसारको जोखिममा रहेका २८५ जना महिलाको उद्धार गरेको हो ।
मानव बेचबिखन तथा ओसारपसार र विभिन्न हिंसा एवं यौन दूर व्यवहारमा परेका नौ जना महिला तथा बालबालिकाको उद्धार गरेको सिंहले बताउनुभयो ।
सिंहका अनुसार, उद्धार गरेका ती मध्ये मानव बेचबिखन तथा ओसारपसार विरुद्ध दुई जना र जबरजस्ती करणी विरुद्ध सात जनाको मुद्दा दर्ता गरी कानुनी कारवाहीका लागि सम्बन्धित् निकायमा जान उनीहरुलाई सहयोग गरेको बताउनुभयो ।
संस्थाले, गत वर्ष तीन जना महिला तथा एक जना बालिकालाई भारतको तमिललाडुबाट उद्धार गरी परिवारको जिम्मा लगाइदिएको थियो ।
शान्ति पुनरस्र्थाजना गृहले कञ्चनपुरको गड्डाचौकीमा आफ्नो बेस बनाउँदै सीमा नाकाबाट नेपाल देखि भारत हुँदै तेस्रो मुलुकतर्फ जाने महिला तथा बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका जिल्ला कार्यक्रम संयोजक सञ्जीत सिंहले,उद्धार गरिएका ती पीडितहरू मध्ये तीन जना महिला तथा एक बालिका रहेका थिए । उद्धार गरिएका महिलालाई रोजगारीको वातावरण सृजना हुने गरी क्षमता अभिवृद्धि विकास तालिम दिइरहेको छ भने बालिकालाई अध्ययन गर्नका लागि अन्य संघ संस्थामा समन्वय गर्दै पढाइलाई निरन्तरता दिदै आएको बताउनुभयो ।
शान्ति पुनरस्र्थापना गृह शाखा कार्यालय कञ्चनपुरका सुपरभाइजर मनिषा न्यौपानेले, नेपालका कुनै पनि महिला दिदि बहिनीहरुले भारतका विभिन्न ठाउँमा पुगेर दुःख नपाउन र दलालको हातबाट बेचबिखन नहुन हिंसामा नपरुन भन्ने उद्देश्यले शान्ति पुनरस्र्थापना गृहका कर्मचारी महिला ओसार पसार गर्ने कामलाई रोक्न दिनरात सेवामा खटिदै आएको बताउनुभयो ।
सम्पर्क कार्यालय ब्रह्मदेव शाखा परामर्शदाता ललिता जोशीले, बह्रमदेव सीमा नाका पनि मानव ओसार पसार गर्ने मुख्य नाकाको रुपमा पर्दछ । यस नाकाबाट पनि गत वर्षको असार देखि यो वर्षको असारमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जोखिममा रहेका १० जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो ।गत वर्षमा कञ्चनपुरकै तिननालामा रहेको सूचना तथा परामर्श केन्द्रबाट १० जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ ।
उद्धार गरिएका एक जना पीडित बालिकालाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र अर्को एक जनालाई जबरजस्ती करणी विरुद्ध मुद्दा दर्ता गरिएको सम्पर्क कार्यालय दोधारा चाँदनी सीमा नाका परामर्शदाता रेखा भण्डारी पुजाराले बताउनुभयो ।
गत पुस २८ गते देखि असार मसान्तसम्म सूचना तथा परामर्श केन्द्रबाट पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकासँग समन्वय र सहकार्य गरी सात जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरिएको थियो ।
उद्धार गरिएका सात जना मध्ये दुई जना महिला र एक जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बलसँगको सहकार्यमा भारतबाट उद्धार गरी पारिवारिक पुनरमिलन गरिएको सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु विष्टले बताउनुभयो ।
शान्ति पुनरस्र्थापना गृह कञ्चनपुरले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गर्दै सीमा निगरानी, क्षमता विकास, पुनरस्र्थापना तथा पुनर्मिलन र जनचेतनामूलक जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा नाका, ब्रह्मदेव, दोधारा चाँदनी र बेलौरी समेत सूचना तथा परामर्श केन्द्र राखी त्यस क्षेत्रबाट हुने गरेका मानवीय ओसारपसार कार्यलाई नियन्त्रण गर्दै आइरहेको शान्ति पुनरस्र्थापना गृह कञ्चनपुर शाखाले बताएको छ ।
विगतका वर्षमा कोरोना महामारीका कारण सीमा नाकाहरूमा हुने मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेकोले यसलाई न्यूनीकरण गर्न प्रहरी प्रशासन, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ संस्था, समाजसेवी, बुद्धिजीवी, भारतीय प्रहरी प्रशासन लगायतका निकायसँग हातेमालो गरी आफ्ना कार्यहरू गर्दै आएको शान्ति पुनरस्र्थापना गृह कञ्चनपुरका प्रमुख सिंहले बताउनुभयो ।
शान्ति पुनरस्र्थापना गृह स्थापना भएदेखि अहिले सदूरुपश्चिका बाजुराका १२ बझागका ७ अछामका ५ बैतडीका १२ डँडेलधुरा ८ डोटी १० दार्चुला ३ कैलालीका ५० कञ्चनपुरका १२४ र अन्य जिल्लाका ५४ गरी २८५ जना मानव बेचबिखनका लागि दलालले भारतमा ओसार पसार गर्दै आएका हजारौ महिलाहरुको उद्धार भइरहेको छ ।रोजगारी गर्ने उद्देश्यले मात्र नभइ गरिब दलित महिलाहरुको उद्धार गर्ने गरी दिनरात नाकामा खटिदै आएका शान्ति पुनरस्र्थापना गृहका कर्मचारी अहिले पनि काममा नै निरन्तर लागि रहेका छन् ।
उनीहरुलाई नत निद्रा छ नत भोक छ नत कसै दलालको डरभइ छ । रातमा पनि पोष्टमा खटिदै आएका हुन्छन् स्थानीय बताउँछन् ।
राती सुतेको बेलामा पनि कोही महिला दिदिबहिनी दलालको हातमा नपरोस भन्ने उद्देश्यले कर्मचारी दिनरात डिउटीमा नै खटि रहेका हुन्छन् शान्ति पुनरस्र्थापना गृहका प्रमुख सिंहले बताउनुभयो ।