वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन


पैरवी खबर

धनगढी : वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन भएको छ  । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५४ वर्षीय गायक कडायतको बुधबार उपचारका क्रममा निधन भएको हो ।

एक हप्ता अघि मस्तिष्क घातले धनगढीस्थित नवजीवन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गायक कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका थिए । उनका ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत गीतले चर्चा पाएका थिए  ।