डण्डीराज भट्ट
अछामकाे चाैरपाटी गाउँपालिकामा चाैरमाण्डाै आधारभुत अस्पतालकाे नव निर्मित भवन तथा आकस्मिक उपचार सेवा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुवँरले जनताकाे स्वास्थ्य उपचारका लागि अस्पतालबाट दिईने सेवालाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । जिल्लाका विकट क्षेत्रका नागरिकहरुलाई दिईने स्वास्थ्य सेवामा कमि हुन नदिन सरकारका विभिन्न तहहरुसंग समन्वय गर्न जिल्ला समन्वय समितिले पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएकाे हाे ।
कार्यक्रममा बाेल्ने सम्पुर्ण बक्ताहरुले जिल्लाका विकट क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारमा कठिनाई भएकाे बताएका थिए । अहिले नेपाल सरकारकाे नीति अनुसार पालिकामा अस्पताल बनेपछि नागरिकहरुले छिटाेछरिताे र निशुल्क स्वास्थ्य उपचार पाउने भएका छन् । सामान्य डेलिभरीकाे केसमा पनि करिव ३ घण्टाकाे बाटाे बयालपाटा अस्पतालमा जानुपर्ने वाध्यताकाे अन्त्य हुने भएपछि नागरिकले स्थानीय सरकारकाे अनुभूति भएकाे भन्दै खुसि ब्यक्त गरेका थिए । अब अस्पतालकाे भबन मात्रै नभएर दक्ष स्वास्थ्यकर्मी पनि ल्याउनु पर्नेमा बाेल्ने बक्ताहरुले जाेड दिएका थिए ।
नेपाल सरकारकाे नीति अनुसार एक पालिका एक आधारभुत अस्पतालकाे नीति ल्यायसंगै चाैरपाटी गाउँपालिकाले पनि १५ सैयाकाे अस्पताल संचालनमा ल्याएकाे थियाे । विगतबाट ओपिडि सेवा दिईरहेकाे अस्पतालले आजबाट २४ सै घण्टा आकस्मिक स्वास्थ्य उपचार सेवा सुरु गरिएकाे हाे । अस्पताल सञ्चालन भएपश्चात अछाम र डाेटिका नागरिकहरुले सेवा पाउने भएका छन् ।
अस्पतालले ९८ प्रकारकाे औषधि निशुल्क उपलब्ध गराईरहेकाे छ । २ जना मेडिकल अधिकृत लगाएत २२ जना स्वास्थ्यकर्मी कर्मचारीहरु अस्पतालमा कार्यरत रहेका छन् ।
चाैरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सभापति भरत कुमार स्वार, महिला नेतृ अप्सरा कुवँर , गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा लगाएत सहभागी रहेकाे कार्यक्रमकाे सञ्चालन कमल साउदले गर्नुभएकाे थियाे ।