मेल्लेखमा साैर्य उर्जा उत्पादनकाे लागि भाैगाेलिक अध्ययन


पैरवी खबर

असार २८ ,मेल्लेख

अछामको मेल्लेख गाउँपालिकामा साेलार बाट १० मेगावाट साैर्य उर्जा उत्पादन गर्न आज एक टाेली द्वारा भाैगाेलिक स्थलगत अध्ययन तथा सर्बेक्षण गरिएकाे छ ।

मेल्लेख काे वडा न. ४ कुस्काेटकाे मुसिराैन ,बड्डासैन फुलचडाउनेमा रहेकाे आवश्यक २५० राेपनी जग्गा त्यहाँका स्थानीयले उपलब्ध गराउने भएपछि आज भाैगाेलिक सर्बेक्षण गरेकाे हाे।

मेल्लख गाउँपालिकाकाे समन्वय ,सहकार्य र इस्काई बिलिउ टेक्नोलोजी नेटवर्क एल. टि. डि. नेपालकाे प्राविधिक तथा आर्थिक सहयोगमा साे परियाजनाकाे सर्बे गर्ने कार्य समेत सुरु गरिएकाे छ ।

मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदकाे नेतृत्वमा गएकाे प्राविधिक सहितको टाेलीले उक्त ठाउँ उपयुक्त रहेकाे पनि निष्कर्ष निकालेका छ ।

टाेलीमा स्काई ब्ल्युटेक्नोलोजी नेटवर्क एल. टि. डि. नेपालका डाइरेक्टर सेलिना बस्नेत बाजुरा बुढिगंगा नगरपालिका निवर्तमान मेयर दिपक बिक्रम शाह , मेल्लेख गाउँपालिका वडा न . १ का वडा अध्यक्ष दिल बहादुर धामी, वडा न . २ का वडा अध्यक्ष कुसलराज बुढा ,वडा न ४ का वडा अध्यक्ष चन्द्रबहादुर साउद, नेकपा माओवादी केन्द्रका मेल्लेख ईन्चार्ज भिम बहादुर बुढा (सुवास )लगायत इलाेक्टनिक प्राविधिक सहितकाे सहभागिता रहेकाे थियाे ।