मेल्लेख गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पाेषण सम्बन्धि दुई दिने तालिम सम्पन्न


पैरवी खबर

असार १५ मेल्लेख ।

अछामको मेल्लेख गाउँपालिका विद्यालय स्वास्थ्य तथा पाेषण सम्बन्धि प्र.अ. र (फाेकाल) शिक्षक हरुकालागि दुई दिने तालिम आज सम्पन्न भएकाे छ ।

मेल्लेख युवा खेलकुद तथा शिक्षा शाखा काे आयाेजना बिश्व खाद्य कार्यक्रम काे सहयोग आइ डि एस नेपाल अछामको सहजिकरणमा तालिम सम्पन्न भएकाे हाे ।

तालिम विद्यालय स्वस्थ्य तथा पाेषण कार्यक्रम प्रभाकारी बनाउने , विद्यालय दिवा खाजा व्यवस्थापन विद्यार्थीकाे प्रारम्भिक स्वास्थ्य चेकचाज र विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रबर्द्धन गर्ने उदेश्य का साथ तालिम संचालन गरिएकाे थियाे ।

तालिम मेल्लेख गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा अधिकृत बिरेन्द्र बहादुर खड्काकाे अध्यक्षता र मेल्लेख गाउँपालिका का उपाध्यक्ष नृप बहादुर खड्काकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

तालिममा मेल्लेख गाउँपालिका बिद्यालय अन्तर्गतका प्र. अ .र फाेकल शिक्षककाे सहभागिता रहेकाे थियाे । तालिममा शिक्षा खाद्य परियाेजना समन्वय कार्यालय धनगढीका नेत्र पन्त ,आइ डि एस नेपाल सुदूरपश्चिम प्रदेश कार्यक्रम संयाेजक बाेनिका थापा ,विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक बिराज भण्डारी ,आइ डि एस नेपाल अछाम जिल्ला संयाेजक टेक बहादुर खड्का ,जिल्ला बिकास समन्वय समिति ,कार्यालय प्रमुख ,उमाकान्त जाेशी ,शिक्षा बिकास ,तथा समन्वय ईकाई कार्यालयका मदन बिष्टको सहभागिता रहेको थियो ।