एशियन लाइफ इन्स्योरेन्स क. लि. बाजुराबाट बाइक दुर्घटनामा परि मृत्यु भएका स्व. श्री बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाहीलाई ४०,०७,१५१ ( अक्षर रुपी रु. चालिस लाख सात हजार एक सय एकाउन्न ) रुपैंया बाजुरा जिल्ला बाम्का हाट बजार ब्यबस्थापन समितिका अध्यक्ष एवं त्रिबेणी न.पा. वडा नं ९ का वडा सदस्य श्री दिपक ब. साँउद ज्यू बाट एक औपचारिक कार्यक्रमका बिच चेक हस्तान्तरण गर्नु भएको छ ।
एशियन लाइफ इन्स्योरेन्स क. लि. मा मिति २०७८-०९-२३ गतेका दिन निज बल राज सुनारको बिमाङ्क रु.२०,००,०० ,बिमा अवधि १५ बर्षे र किस्ता रकम रु. १,४४,६२४ मात्र को एशियन सावधिक जीवन बिमा योजना भएको बिमालेख जारि गरिएको थियो करिब १ महिना नबित्दै स्व.श्री बल राज बरालको मिति २०७८-१०-२२ गतेका दिन बाइक र्दुघटनामा परि मृत्यु भएको हुनाले उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त मृत्यु दावी भक्तानीको औपचारिक कार्यक्रम उप शाखा प्रमुख श्री बिर बहादुर थापाले सञ्चालन गदै स्व. श्री बल राज बराल (सुनार) प्रति एशियन लाइफ इन्स्योरेन्स क. लि.को तर्फबाट र ब्यक्तिगत तर्फबाट हार्दिक श्रद्वान्जली ब्यक्त गदै परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना ब्यक्त गर्नु भएको थियो ।
जीवन बिमा गर्दा बचत र बोनस (ब्याज) पाउनुका साथै जोखिम लागु भएको हुन्छ । र्दुघनामा परि मृत्यु भएमा बिमाङ्क रकमको दोब्बर र सो अवधि सम्मको बोनस, कालगती मृत्यु हुँदा बिमाङ्क रकम र सो अवधि सम्मको बोनस , र्दुघटनामा परि पूर्णरुपमा अंगभंग भएको अखण्डमा किस्ता रकम छुट बिमाङ्क रकमको १ प्रतिशत मासिक अपाङ्ग भत्ता बिमा अवधि सम्म अपाङ्ग ब्यक्ति जिवित रहेमा बिमाङ्क रकम र सो अवधि सम्मको बोनस पाउने ब्यबस्था उक्त योजनामा रहेको उप शाखा प्रमुख श्री बिर बहादुर थापाले बताउनु भएको थियो । उहाँले बिमा गर्नुभएका बिमितहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दै बिमा गरेका बिमितहरुलाइ निरन्तरता दिन हुन र जीवन बिमा नगरेकालाइ अनिबार्य रुपमा बिमा गर्नका लागी आग्रह गर्दै औपचारिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त औपचारिक कार्यक्रमको अध्यक्षता एशियन लाइफ इन्स्योरेन्स क.लिं. बाजुराको तल्लो एरियाका कर्मचारी जुनियर सहायक श्री पुर्ण ब. एडी ,प्रमुख अथिती बजार ब्यबस्थापन समितीका अध्यक्ष एवं त्रिबेणी न.पा. वडा नं ९ का वडा सदस्य श्री दिपक ब. साँउद , बिशिष्ट अथिती त्रिबेणी न.पा. वडा नं ८ का पुर्ब वडा अध्यक्ष श्री कर ब. साँउद , अथिती बुढीगंगा न.पा. वडा नं ६ का युवा नेतृत्व श्री धिरेन्द्र ब. बोहरा , भगत गिरी, छत्र थापा लगायत करिब ४० भन्दा बढी मानिसहरुको उपस्थिती रहेको थियो ।
र्दुघटना मृत्यु दावी रकम भुक्तानी कार्यक्रमा चेक हस्तातरण गरिसकेपछि प्रमुख अथति श्री दिपक ब. साँउद ज्यूले मन्तब्य राख्दै एशियन लाइफ इन्स्योरेन्स क.लि.लाइ धन्यबाद दिनुभएको थियो । दुःखमा पिडक तथा घर परिवारलाइ यसले गर्दा धेरै राहत भएकोले बिमा गर्दा दःखमा राहत हुने र नियमित बचत र बोनसका लागी भएपनी बिमा गर्न आवश्यक रहेकोले सबैलाइ बिमा गर्न आग्रह गर्नु भएको थियो । भने उक्त कार्यक्रमको समापन एशियन लाइफ इन्स्योरेन्स क.लिं. बाजुराको तल्लो एरियाका कर्मचारी उक्त कार्यक्रमका अध्यक्ष जुनियर सहायक श्री पुर्ण ब. ऐडीले गर्नुभएको थियो ।