बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लि.साँफेबगरको १० औं वार्षिक साधारण सभा सम्पन्न


पैरवी खबर

११ असार ,साँफेबगर ।
बुढीगङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड साँफेबगर अछामको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिर्घबहादुर ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा साँफेबगर नगरपालिका कार्यपालिका सदस्य बिनोद भुल प्रमुख अतिथि , साँफेबगर-५ नवाठानाका वडा सदस्य चक्र चाड , बान्निगढी जयगढ गाउँपालिका १ न. वडा गाजराका वडा सदस्य दिपक खड्का विशिस्ट अतिथि रहनुभएको थियो ।

सभामा यस सहकारीले आफ्ना संस्थाका शेयर सदस्यहरुलाई जनप्रतिनिधिको रुपमा पाएको भन्दै स्वागत तथा सम्मान गरेको छ ।
सहकारीमा उत्कृष्ट कारोबार गरिरहेका शेयर सदस्य , उत्कृष्ट दैनिक बचतकर्ता , मासिक बचतकर्ताहरुलाई पनि खादा सहित सम्मान गरेको छ ।

शुरुमा करिब ३० जना सदस्यहरुबाट स्थापना भएको यो संस्थामा हाल ९१ जना शेयर सदस्य रहेका छन ।
हाल यस संस्थामा करिब ३३ लाख ७३ हजार ५ सय शेयर पुजी , ३७ लाख बचत , लगभग १० लाख २९ हजार कोषको रुपमा पुजी संकलन भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ र केन्द्रिय बचत तथा ऋण सहकारीहरुको छाता संगठन नैप्सकुनमा आवद्ध भइ सोही संस्थाबाट सहकारी सफ्टवेयर खरिद गरि रहेको यस संस्थाले आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीबाट पान समेत प्राप्त गरिसके छ ।

कार्यक्रममा सम्पुर्ण शेयर सदस्यहरुको तर्फबाट पुष्कर भट्टराई , मोती सिंह कुँवर , महिलाको तर्फबाट बिमला कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उपाध्यक्ष राजेन्द्र सुनारले स्वागत मन्तव्य राख्नुभएको साधारण सभामा आ.व.२०७७/७८ को प्रगति प्रतिवेदन प्रस्तुत तथा सभाको संचालन सचिव बलबहादुर केसीले गर्नुभएको थियो ।