मेल्लेख गाउँपालिमा सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकार सम्बन्धि छलफल कार्यक्रम सम्पन्न


पैरवी खबर

असार -९ मेल्लख ।

अछामको मेल्लेख गाउँपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा मेल्लेख गाउँपालिकाकाे सुरक्षित गर्भपतन सुदृढीकरण परियाेजना बारे छलफलका सहभागी हरुले प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकार काे महत्त्वपूर्ण भुमिका हुनुपर्नेमा जाेड दिनुभएकाे छ ।

आइपास नेपालकाे आर्थिक सहयोग र पिसपिन नेपालकाे साझेदारीमा संचालित सुरक्षित गर्भपतन सुदृढीकरण परियाेजनाले महिला प्रजनन स्वस्थ्य अधिकार सुरक्षित गर्भपतन सेवा क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका भएपनि सुरक्षित मातृत्व याैन तथा प्रजनन स्वास्थ्य सुरक्षित गर्भपतन सम्बन्धि सचेतनाका कार्यक्रम अझै थप गाउँ समुदायमा लैजानु पर्नेमा सहभागीले जाेड दिएका छन ।

यस्तै स्वास्थ्य नीति नियमावली र याेजना निर्माणकार्य मा पनि आवश्यकता अनुसारको बजेट काे व्याबस्था हुनुपर्ने बिषयमा पनि छलफल भएकाे छ । स्वास्थ्य सेवामा बाट प्रभावकारी सेवा सुचारु गर्न स्वास्थ्यकर्मी ले पनि सक्रियता बढानु पर्ने थप जिम्मेवार बन्नुपर्ने बताएका छन ।

मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षतामा भएकाे छलफल कार्यक्रममा मेल्लेख गाउँपालिका वडा न. १ का अध्यक्ष दिल बहादुर धामी वडा न. ४ का अध्यक्ष चन्द्रबहादुर साउद, ५ का अध्यक्ष प्रकाश अधिकारी, ८ का अध्यक्ष महेश ठकुल्ला ,आईपास नेपाल उपेन्द्र कुँवर पिसपिन नेपाल कार्यक्रम प्रबन्धक धर्म राेकाय लगायत मेल्लेखका स्वास्थ्यकर्मी हरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे संचालन मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला ले गर्नु भएकाे थियाे ।