साँफेबगर- जेष्ठ २४ । साँफेबगर नगरपालिका नगर स्तरीय दलित संजालको बैठक सम्पन्न भएको छ ।
संजालका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको बैठकमा विभिन्न निर्णय गरिएका छन ।
जसमा नगर स्तरीय दलित संजालको साधारण सभा यहि जेष्ठ ३१ गते गरि र नयाँ नेतृत्व चयन गर्ने ,साँफेबगर नगरपालिकामा नव निर्वाचित मेयर , उपमेयर र कार्यपालिका सदस्य, दलित जनप्रतिनिधिहरुलाई सम्मान तथा शुभकामना प्रदान कार्यक्रम गर्ने निर्णयका साथै संजालको साधारणसभा सभ्य र भब्य किसिमले सम्पन्न गर्नकालागि छलफल गरिएको छ ।
बैठकमा साँफेबगर नगरपालिका नगर कार्यपालिका सदस्य विनोद भुल ,दलित अगुवा अधिकारकर्मी सुरत भुल, राजेन्द्र कोली (बगरकोटी) चक्र सुनार, कित्थी टमट्टा , खेमराज ताम्राकार , पवन टमट्टा , गौतम आउजीको उपस्थिति रहेको थियो ।
संजालका उपाध्यक्ष नेत्र परियारले स्वागत मन्तव्य राख्नुभएको बैठकको संचालन सचिव नृप ताम्राकारले गर्नुभएको थियो ।