बुढाकोटमा ८६३ मत सहित शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न


पैरवी खबर

साँफेबगर , स्थानीय तहको निर्वाचन अन्तरगत साफेबगर नगरपालिका ०९ बुढाकोटमा मतदाताको उत्साहजनक सहभागीता संगै शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।
बुढाकोटमा रहेका जम्मा मतदाता संख्या १६४३ मा ८६३ मत खसेका छन ।
बुढाकोट मा.वि.खापरमाडौमा रहेका २ओटा मतदान केन्द्र क मा ४३० र मतदान केन्द्र ख मा ४३३ मत खसेको छ ।

दुई ओटै बुतका मतदान अधिकृत नर बहादुर कुवर र मुकेश बहादुर कुवरले धादलीरहित चुनाव सम्पन्न भएकोमा बुढाकोटका जनतालाई धन्यवाद दिनु भएको छ ।