शेरबहादुर सार्की
बाजुरा, वैशाख १६ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नजिकिदै जाँदा बाजुरामा अधिकाशं दलित समुदाय भने गाउँबाट भारत तीर लाग्न थालेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा निकै उत्साहित बन्दै गरेका ती बाजुराका अधिकाशं दलित परिवारहरु यती बेलाको स्थानीय तहको निर्वाचनले भने छाएको देखिदैन ।
सङ्घीयताले दलित समुदायको हकहित, अधिकार र समायोजनमा निकै प्राथमिकता पाइने आशाका साथ २०७४ सालको स्थानीय निर्वाचनमा हुमिएका ती दलित समुदायको सामाजिक, आर्थिक, शैक्षिक हिसावले उठाएका सवालहरु पुरा नभएको भन्दै यती बेला ती बाजुराका अधिकाशं दलित परिवार चुनावकै मुखमा प्रदेशीन थालेका हुन् ।
बाजुराको बूढीगगा त्रिवेणी खप्तडछेडेदह बडिमालिका स्वामिकार्ति जगनाथ लगायतका दलित समुदायहरु यती बेला प्रत्येक दिनमा झण्डै सयौको हाराहारीमा भारत जाने गरेका छन् ।
बाजुराका सबै भन्दा बुढीगङ्गा नगरपालिका मल्लाकुँडी, तल्ला कुँडी, डुँग्री, खेतकोट, नडाग, अम्कोट, बाह्रविस, बदेडा, सिगाडा, सेपालपाखा, लगाउतका दलित परिवार यती बेला भोको पेट पाल्नकै लागि भारतमा जाँदै गरेका छन् ।
आमा बुवा लामो समय भारतमै बस्दै गरेको हुनाले छोरा छोरीलाई पनि यता परीक्षा दिइसेकोले अहिले ती बालवालिकाहरु पनि भारतमै जान थालेका छन् ।
कपीपय दलित समुदायका घरमुली भारतमा बस्ने गरेको र उनीहरुका बालवालिकाले पनि परीक्षा दिइसकेकोले उनीहरुको अभिभावकले उनीहरुलाई नि भारतमा बोलाउने गरेपछि दैनिक सयौ भन्दाबढी दलित परिवारका बालवालिकाहरु यती बेला भारतमा पलान हुँदै गरेको महाकाली यातायात बल्देका टिकट काउँन्टर प्रमुख बीर थापाले बताउनुभयो ।
बाजुरको बूढीगङ्गा नगरपालिका वडा नं २ मल्ला कुँडीका रङ्ग परीले भन्नुभयो, “हाम्रो कुँडी बाजुरा जिल्लाकै सबै भन्दाबढी खानेपानीको समस्या भएको ठाउँ हो ।
अहिले नत यसमा खानेपानी छ नत राम्रो विद्यालयलय छ नत यहाँका स्थानीयहरुलाई विजुली बत्ती छ । ,,
उहाँले भन्नुभयो, “२०७४ सालको स्थानीय निर्वाचनका समयमा यहाँका चार सय घरपरिवारलाई हामी तपाइको टोल टोलमा विजुली बत्ती ल्याइदिन्छु , बाटो बनाइ दिन्छु यहाँको स्थानीयको सबै भन्दा बडी समस्या खानेपानीको हो हामी त्यो समस्या पनि समाधान गरिदिन्छु भनेर मत माग्नुभयो, तर अहिले सम्म विकासको नाममा कुनै पनि माँखो मार्ने तक काम भएन ।,,
मत माग्ने बेला निका निका गफ दिएर जान्छन् ,चुनाव जित्छन अनी हामीलाई भुल्ने गर्दछन् स्थानीय पुजा परीले बताउनुभयो ।
महिलालाई बिहाना बेलुका खोलाको पानी ल्याइनु पर्ने समस्या छ , यो बेथाको अन्य गर्न राजनीतिक दलले यो भन्दापहिलाको चुनावमा निकै भाषण दियो तर काम भने गरेनन् बूढीगङ्गा नगरपालिका वडा नं २ मल्ला कुँडीका पुजा चँदाराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ दुइ वर्ष अघि कोरोना को कहरमा यहाँका स्थानीयहरुले लेखको फाँपर औलको निगुरो टिपेर ल्यायो , त्यसैले भोको पेट पाल्यो, स्थानीय सरकारले राहत दियो जो आफ्न्त छन, नाताबाद कृपावाद , तथा जसको घरमा जागिरे छन् उसैको घरमा राहत दियो । ,,
हामी जस्ता गरिब निमुखा दलित समुदायको घर आगँनमा कोही पनि नेता आउनु भएन । त्यसैले अव उनीहरुलाई चुनावमा मत दिनु भन्दा पनि आफ्नो रोजीरोटी खोज्नका लागि श्रीमान सँगै भारतमा जान लागेको बूढीगङ्गा नगरपालिका वडा नं २ डुँग्रीका दले नेपालीले बताउनुभयो ।
उहाँले भन्ुभयो, “ नेताहरु मत माग्न आउँछन् सबै भन्दा पहिला दलित समुदायको घरमानै आउने गर्छन । ती जब ती नेता वीजयी हुन्छन् ,अनी विकास अर्कै ठाउँमा गर्छन् । हाम्रो लागि जति नेता आएपनि अवस्था उस्तै हो । चुनाव हुने खानेका लागि मात्र हो हाम्रो लागि होइन । कागलाई बेल पाक्यो न हर्ष वीष हाम्रो लागि चुनान यस्तै हो ,नेताहरुलाई चुनाव जित्न सकस भएपछि गाउँ गाउँमा हामीहरुलाई भोको पेट पाल्न धौ धौ भएपछि भारतमा जान थालेका हौ ।,,
चुनावको बेलामा हामी तपाइको छोरा छोरीलाई जागिर दिन्छु भन्नुभयो ,छोराले एचए पास गरेर घरमा आएर बस्यो जागिरका लागि हरेक ठाउँमा प्रमाण पत्र पेश गर्दै गयो तर पनि हुने खाने र पावरबालाहरुको छोरा छोरीले मात्र जागिर पायो हाम्रा छोरा छोरीले त्यो ठाउँमा काम पाएन बूढीगङ्गा नगरपालिका वडा ८ का हिरे सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ मेरो छोरा अन्य ठाउँमा पास हुन्छ , घरनजिक काम गर्न सहज हुन्५ भनेर अहेवका लागि विज्ञान खुलेपछि दर्खात दिन्छ ९५ नम्बर पनि ल्याउँछ तर परेजल्टमा फेल हुन्छ ।,,
बाजुराको नौ वटै स्थानीय तहमा झण्डै सयौ भन्दाबढी गैरदलितको छोरा छोरीले काम पायो जागिर पायो , तर दलितको एक छोरा छोरीलाई भने कुनै पनि काम नमिलेको सार्कीले बताउनुभयो ।
सङ्घीयता आएपछि गाउँमा समायाजनाको कुरा छ , सबै ठाउँमा आरक्ष कोटाको कुरा छ तर पावरको कारण बाजुराका दलित समुदायका लागि भने नत आरक्ष कोटा छ, नत समायोजन भएको दलित समुदायको गुनासो गरेका छन् ।
आगामी हुने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुराका कुनै पनि स्थानीय तहमा नत नगर प्रमुख उपप्रमुख नत वडा अध्यक्ष उपाअध्यक्ष पदमा नाम सिफारिस भएको देखिँदैन ।
हुन त त्यस ठाउँमा पनि समायोजनाका कुरा छन् आरक्षका कुरा पनि गरेकै छन् तर पनि बाजुराका नौ वटै स्थानीय तहमा कुनै पनि पालिकामा एक जना पनि दलित त्यो पदमा नअटाएको बूढीगङगा नगरपालिका दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपाली बेताउनुभयो ।
उहाँले भन्नुभयो,“ २०७४ सालको स्थानीय निर्वाचनमा त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसबाट राधीका देवि सुनार उपप्रमुखमा विजयी हुनु भएको थियो । त्यसै गरी दुइ जना वडा अध्यक्षमा पनि दलितर्ला दिएको थियो उहाँहरुले पनि विजयी हुनु भएको थियाो ।,,
यति बेलामा भने बाजुराका चारवटा नगरपालिका ५ वटा गाउँपालिका र ६९ वडामा पनि कुनै दलित नअटाएको अध्यक्ष नेपालीले बताउनुभयो ।
बाजुराका अधिकाशं दलित परिवारको खेतीपातीले उनीहरुलाई दुइ महिना पनि खान पुग्दैनन । उनीहरुले भारतको भरमा घरपरिवार पालन पोषण गर्दै आउनु परेको छ ।
नत जागिर छ नत कतैबाट राहत छ अनी कसरी गाउँमा बसेर पेट पाल्ने त्यसैले हामीहरुलाई कोही पार्टी आएपनि केही गर्दैन त्यसैले पेट पाल्नका लागि नै भारतमा भौतारिनु परेको बूढीगङगा नगरपालिका २ डुँग्रीका भवि नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गाउँ गाउँमा चारवटै दलको नेताहरुले वडा अध्यक्षका उम्मेदवार बनाएका छन् एकले मलाई भोट दिनु भन्छ अर्कोले मलाई भोट दिनु भन्छ त्यसैले कोलाई भोट दिने कोलाई भोट नदिने त्यो पनि समस्या हो ,त्यसैले कसैलाई भोट नदिए भारतमा जान थालेको छु ।,,
सङ्घीयता आएपछि गाउँमा समायाजनाको कुरा छ , सबै ठाउँमा आरक्ष कोटाको कुरा छ तर पावरको कारण बाजुराका दलित समुदायका लागि भने नत आरक्ष कोटा छ, नत समायोजन भएको दलित समुदायको गुनासो गरेका छन् ।
आगामी हुने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुराका कुनै पनि स्थानीय तहमा नत नगर प्रमुख उपप्रमुख नत वडा अध्यक्ष उपाअध्यक्ष पदमा नाम सिफारिस भएको देखिँदैन ।
हुन त त्यस ठाउँमा पनि समायोजनाका कुरा छन् आरक्षका कुरा पनि गरेकै छन् तर पनि बाजुराका नौ वटै स्थानीय तहमा कुनै पनि पालिकामा एक जना पनि दलित त्यो पदमा नअटाएको बूढीगङगा नगरपालिका दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपाली बेताउनुभयो ।
उहाँले भन्नुभयो,“ २०७४ सालको स्थानीय निर्वाचनमा त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसबाट राधीका देवि सुनार उपप्रमुखमा विजयी हुनु भएको थियो । त्यसै गरी दुइ जना वडा अध्यक्षमा पनि दलितर्ला दिएको थियो उहाँहरुले पनि विजयी हुनु भएको थियाो ।,,
यति बेलामा भने बाजुराका चारवटा नगरपालिका ५ वटा गाउँपालिका र ६९ वडामा पनि कुनै दलित नअटाएको अध्यक्ष नेपालीले बताउनुभयो ।