साफेबगर – निर्वाचन अधिकृत कार्यालय साफेबगरको सर्वदलीय सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।
बैठकमा बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि अवश्यक तयारी पूरा गर्ने विषयमा छलफल भएकाे छ । मतदान लाई स्वच्छ मर्यादित भयरहित वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न विषयमा छलफल गरिएकाेछ ।
यस्तै यही वैशाख ११ र १२ गते तोकिएकै समयमा मनोनयन दर्ता गर्न कार्ययोजना सहित तयार पारेकाे छ । सुरक्षा व्यवस्था यातायत अन्य अाबश्यक तयारी पनि समयमै व्यवस्था गरिने, निर्वाचन कार्यक्रमको जानकारी , आचारसंहिता, मनोनयन प्रस्ताव सम्बन्धि छालफल गरिएको हो।
निर्वाचन अधिकृत याम नारायण गौलीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले साफेबगर नगर कमिटी अध्यक्ष ललित कुवर,नेपाली काङ्ग्रेस साफेबगर नगर सभापति लाल बहादुर कुवर नेत्र , नेकपा माओवादी केन्द्र साफेबगर नगर कमिटी अध्यक्ष रंग ठकुल्ला, एकीकृत समाजवादी साफेबगर नगर अध्यक्ष मुकेश सुनार , नेकपा माले का कोकिला भुल , राप्रपा का सन्तोष कुवर, नि प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मा , स्वास्थ्य शाखा प्रमुख पुस्प बुढा , भरत नारायण श्रेष्ठ मेजर नेपाली सेना, शंकर सि बोहरा स प्र नि खप्तड गुल्म , लगाएत साफेबगर स्थित सम्पुर्ण पत्रकारहरुको उपस्तिथि रहेको थियो ।