बैशाख ९
निर्वाचन अधिकृत कार्यालय मेल्लेखमा सर्वदलीय सर्बपक्षिय पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि अवश्यक तयारी पूरा गर्ने विषयमा छलफल भएकाे छ । मतदान लाई स्वच्छ मर्यादित भएरहित वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न विषयमा छलफल गरिएकाेछ ।
यस्तै यही वैशाख ११ र १२ गते तोकिएकै समयमा मननयन दर्ता गर्न कार्ययोजना सहित तयार पारेकाे छ यस्तै सुरक्षा व्यवस्था यातायत अन्य अाबश्यक तयारी पनि समयमै व्यवस्था गरिने लगायतका निर्णय गरेका छन । बैठकमा पूर्व जि बि स सभापति कृष्णप्रसाद जैसि मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा नेकपा माओवादी केन्द्र अछाम जिल्ला सह इनचार्ज तथा प्रदेश कमिटी सदस्य लोकबहादुर बोहोरा (अबिरल) नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि नृप साउद ,काग्रेस मेल्लेख सभापति खकेन्द्र बहादुर साउद कांग्रेस पार्टी प्रतिनिधि नृप बहादुर खडका नेकपा एमाले पार्टी प्रतिनिधि कुशल राज बुढा नेकपा माओवादी केन्द्र मेल्लेख संगठन कमिटी अध्यक्ष ज्वालासिंह साउद ,नेकपा एकीकृत समाजबादि मेल्लेख ईनचार्ज नृप साउद सचिव टेक बहादुर साउद निर्वाचन अधिकृत राजु कुँवर सहायक निर्वाचन अधिकृत दीर्घ बहादुर खडका प्रहरी सायक निरीक्षक अबिर सिङ धामी लगायत पत्रकार को पनि सहभागिता रहेको थियो ।