साफेबगर- अछाममा रुखबाट लडेर एकजना बालक घाइते भएका छन।
बन्निगढी जयगढ गाउँपालिका ३ धारासैन बस्ने ७ बर्सिया लोकेश लुहार घर नजिकैको बाजको रुख चढ्ने क्रममा लडेर घाइते भएका हुन ।
घाइते लोकेशलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको र त्याहा उपचार पश्चात् थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
घाइते रुखबाट २० फिट तल खसी टाउकोमा गम्भीर चोट लागेको छ ।


