गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अछामको अध्यक्षमा बल बहादुर केसी


पैरवी खबर

साफेबगर- गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अछामको अध्यक्षमा बल बहादुर केसी निर्वाचीत भएका छन ।

आईतवार सदरमुकाम मंगलसेनमा भएको ८ औं साधारण सभाबाट वाक नेपालका अध्यक्ष समेत रहेका केसी गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा अछामको अध्यक्षमा सर्वसम्मत निर्वाचीत भएका हुन।

८ औं साधारण सभाबाटै उपाध्यक्षमा ढकेन्द्र कुवर,सचिब  टेक बहादुर खड्का, सह सचीव रुपक चन्द , कोषाध्यक्ष पवन गिरि सदस्यमा मोहन ढुगाना,टंक बोहरा ,गणेश तिरुवा, रतन रावल,रेखा साउद केसि,उजिर सिह नेपाली र सरिता चुडालि सर्वसम्मत निर्वाचीत भएका हुन ।