साफेबगर – साफेबगर नगरपालिकाको आयोजनामा अपांगता भएका (ग र घ ) बर्गका ब्यक्तिहरुलाई आर्थिक सहयोग सहायता वितरण कार्यक्रम
साफेबगर नगरपालिकाका वडा न .३ ,४,५,६,७ र ८ मा सम्पन्न भएको छ ।
३ न.वडा सिद्धेश्वरमा रहेका ग र घ बर्गका ११ जना, ४ न.वडा मस्टामाण्डौमा १५ जना ,५ न.वडा नवाठानामा ५ जना ,७ न.वडा रिडिकोटमा ११जना , ६ न. वडा भागेश्वरमा ३ जना , ८ न.वडा चण्डिकामा ५ जना ब्यक्तिहरुलाई आर्थिक सहयोग वितरण गरिएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख कुल कुवरले : केन्द्र सरकारले यी बर्गका ब्यक्तिहरुको माग सम्बोधन नगरेको ले स्थानीय सरकार साफेबगर नगरपालिकाले सम्बोधन गरेको बताउनु भएको छ ।