अपांगता भएका (ग र घ ) बर्गका ब्यक्तिहरुलाई आर्थिक सहयोग सहायता वितरण कार्यक्रम बैजनाथमा सम्पन्न


पैरवी खबर

साफेबगर – साफेबगर नगरपालिकाको आयोजनामा अपांगता भएका (ग र घ ) बर्गका ब्यक्तिहरुलाई आर्थिक सहयोग सहायता वितरण कार्यक्रम
साफेबगर नगरपालिका १ न . वडा बैजनाथमा सम्पन्न भएको छ ।
त्यहा रहेका ग र घ बर्गका १२ जना ब्यक्तिहरुलाई आर्थिक सहयोग वितरण गरिएको हो ।जसमा :पार्बती बहिक १२ हजार , भुवन शाह १२ हजार , राजिबराज खड्का १२ हजार , जना दमाई ९ हजार , एकेन्द्र शाह ९ हजार , समीप शाह ९ हजार , शेर ब धामी १२ हजार , जगतराज जोशी १२ हजार , बसन्त बिक ९ हजार , कमला भुल ९हजार ,रेबन्त कडायत ९ हजार , रुप बिक ९ हजार गरि जम्मा एक लाख २३ हजार वितरण गरिएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख कुल कुवरले : केन्द्र सरकारले यी बर्गका ब्यक्तिहरुको माग सम्बोधन नगरेको ले स्थानीय सरकार साफेबगर नगरपालिकाले सम्बोधन गरेको बताउनु भएको छ ।

वडा अध्यक्ष अमर बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पूर्ण कुमार शाह , साफेबगर न पा पञ्जिकरण शाखा प्रमुख देवसरा थापा , वडा सदस्य मिना बिक , चक्र नाथ पत्रकार तपेन्द्र कुवर , रमेश पुरुष , सरिता खड्काको सहभागिता रहेको थियो ।
वडा सदस्य मिना बिकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन वडा सचिव शोभिता शाहले गर्नुभएको थियो ।