साफेबगर – यहीँ चैत १६ गते साफेबगरमा सम्पन्न अछाम सुन चादी व्यवसायी संघको छैटौं साधारण सभाको बन्दशत्र बाट चक्र सुनारको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ
जसमा उपाध्यक्ष लोक बहादुर दियाइली , सचिव तारामान सोनी , कोषाध्यक्ष अक्कल सोब , सह सचिव प्रकाश सुनार , सदस्य पहल सुनार , प्रकाश सुनार सदस्य रहेका छन ।
अध्यक्ष पदमा किस्मत सुनार र चक्र सुनारको उम्मेदवारी हरेको थियो ।उहाँहरु बीच
सहमति नभएपछि चुनाव गरिएको र चुनावमा जम्मा मतदाता ५० बाट किस्मत सुनारले जम्मा ११ मत प्राप्त गरि पराजित हुनुभएको हो भने चक्र सुनारले ३९ मत प्राप्त गरि २८ मतको अन्तरले बिजयी हुनु भएको हो।
नव निर्वाचित अध्यक्ष सुनारले जिल्लामा छरिएर रहेकोमा सुन चादी व्यवसायीहरुलाई गोलबन्द गर्ने ,
स्थानीय स्तरमा रहेका लोपोन्मुख गरगहनाहरुको संरक्षण र प्रबर्द्धन गर्ने, सुन चादिको क्षेत्र संगसङगै सामाजिक क्षेत्रमा पनि काम गर्ने र दलित समुदायका विभिन्न सवालहरुमा सहजीकरण गर्दै समाज रुपान्तरणका लागि महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।