अछाम सुन चादी व्यावसायी संघको छैटौं साधारण सभा सम्पन्न


पैरवी खबर

साफेबगर – अछाम सुन चादी व्यवसायी संघ अछामको छैटौं साधारण सभा सम्पन्न भएको छ ।
व्यवसायी संघका अध्यक्ष दिपक कुमार सुनारको अध्यक्षतामा भएको कार्यक्रममा साफेबगर नगरपालिका ४ न वडा मस्टामाण्डौका अध्यक्ष बालगिरी कुवर प्रमुख अतिथि रहनुभएको थियो ।

नेपाल सुन चादी रत्न तथा आभुसण सुदूरपश्चिम प्रदेश संयोजक कलावती भट, कंचनपुर सुन चादी व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुनार विशिस्ट अतिथि रहनुभएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन बिभाग प्रमुख प्रकाश शाह , नेपाली काङ्ग्रेस साफेबगर नगर सभापति लाल बहादुर कुवर, नेकपा माओवादी केन्द्र प्रदेश क संयोजक सुरत भुल ,सा.न.पा-४ मस्टामाण्डौ वडा सदस्य राजेन्द्र कोलि , ईलाका प्रहरी कार्यालय साफेका प्रमुख सुरेन्द्र जोशी , सशस्त्र प्रहरी बल खप्तड गुल्मका बुद्ध थापा , पत्रकार रमेश परियार लगायत अन्य अतिथि रहनु भएको थियो ।

साधारण सभामा संस्थाको प्रगति प्रतिबेदन अध्यक्ष दिपक सुनारले प्रस्तुत गर्नुभएको थियो भने काेषाध्यक्ष कालू सुनारले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थालाई स्थापना देखि हाल सम्म सहयोग र योगदान गरि हाल सम्म व्यवसाय गर्दै आउनु भएका ब्यापारीहरुलाई सम्मान गरिएको छ ।
अछाम सुन चादी व्यवसायी संघका संस्थापक अध्यक्ष स्व .रामचन्द्र सुनारको परिवारलाई पनि सम्मान गरिएको छ ।
बसन्त सुनारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव किस्मत सुनारले गर्नुभएको थियो ।
भोलि १७ गते बन्दशत्र सुरु हुने संघका सदस्य उमेश सुनारले बताउनुभएको छ ।