साफेबगर – जातीय हिंसा र छुवाछूत विरुद्ध एक हौं , सबै प्रकारका जातीय विभेद अन्त्य गरौं भन्ने मुल नाराका साथ ५७ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा” जातीय विभेदका सवालमा अन्तरक्रिया कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा दलित समुदाय माथि हुने विभेद र दलित -दलित बीचको छुवाछूतका बारेमा साफेबगर नगरपालिकाका १४ ओटै वडाका दलित जनप्रतिनिधि , सबै पार्टीका प्रतिनिधि , दलित अगुवा , दलित अधिकारकर्मी लगायत सर्वसाधारणहरुका बीच अन्तरक्रिया गरिएको हो ।
दलित समुदाय भित्रको जातीय विभेद अन्त्य गर्न सरोकारवालाहरुले जोड दिने र गैर दलितहरुले गर्ने विभेदका विरुद्ध यहाँका सम्पुर्ण दलित समुदाय एक जुटभइ आन्दोलन , दबाबमुलक खालका क्रियाकलाप गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यसै सवालमा जातीय विभेदका विभिन्न उदाहरण सहित दलित अधिकारकर्मी लोक बहादुर नेपाली र सेत बहादुर भुलले प्रशिक्षण दिनुभएको थियो ।
स्थानीय तहको चुनाव केन्द्रित यस अन्तरक्रिया कार्यक्रममा वडा देखि नगर सम्म दलित समुदायको अर्थपूर्ण सहभागिता हुनुपर्ने, सक्षम दलित महिला र पुरुषलाई समर्थन गर्ने , सधै भोटर मात्र नभई उम्मेदवार पनि हुनुपर्ने , साफेबगर नगरपालिकामा कतिवटा वडाअध्यक्ष , कति सदस्य , कतिवटा कार्यपालिका सदस्य बनाउने ल्याउने भन्ने विषयमा छलफल गरिएको थियो ।
समग्ररूपमा दलितका समस्या र सवालमा एकजुट भइ नगरमा अगाडी बढ्नु पर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन।
नगर स्तरीय दलित संजालका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको कार्यक्रममा साफेबगर नगरपालिका १३ बाब्लाका वडा अध्यक्ष सागर सिंह बाब्ली प्रमुख अतिथि रहनुभएको थियो ।
दलित अधिकारकर्मी लोकबहादुर नेपाली विशिस्ठ अतिथि रहनुभएको र कार्यपालिका सदस्य सुरत भुल, शंकर भुल, वडा सदस्य राजेन्द्र कोलि , एकेन्द्र भुल, हेमा नागरी , सकुन्तला बिक , , अशोक कडारा , अधिकारकर्मी सुरत भुल ,राशिका भुजेल , तुले भुल, सुर्जन नेपाली ,सेत बहादुर भुल , चक्र सुनार, मुकेश सुनार , नृप आउजी , कबिन्द्र परियार लगायत अन्य सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।
संजालका सह सचिव सर्जन परियारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन उपाध्यक्ष नेत्र परियारले गर्नुभएको थियो ।