जंगली भालुको आक्रमणबाट अछाममा एक पुरुष घाइते


पैरवी खबर

साफेबगर – अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन ।
जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने क्रममा भालुको आक्रमण बाट घाइते भएका हुन।
उहाको टाउको र खुट्टामा सामान्य चोट लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।