चैत्र ५ अछाम
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिकाबाट २२ हजार ६६ मतदाता सहभागिता जनाउने भएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म २२ हजार ६६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा २ हजार ८ सय ८१ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा १९ हजार १ सय ८५ मतदाता रहेका थिए । तर ११ हजार ८ सय ८४ मत खसको थियो।
साँफेबगर नगरपालिकामा सबैभन्दा बढी वडा नं ३ शिद्देश्वरमा २ हजार ६ सय ९ मतदाता, सबैभन्दा कम वडा नं ६ भाग्यश्वरमा ९ सय ५२ मतदाता रहेका छन । त्यसै गरि वडा नं ४ मष्टमान्डौमा २ हजार १ सय ५०, वडा नं १० घुघुरकोटमा २ हजार १ सय २२, वडा नं १३ बाब्लमा १ हजार ९ सय ७३, वडा नं ९ बुढाकोटमा १ हजार ६ सय ५२, वडा नं २ जाल्पादेविमा १ हजार ६ सय ४८ मतदाता रहेको निर्वाचन आयोगले सार्बजनिक गरेको तथाङ्कमा उल्लेख गरिएको छ ।
यस्तै वडा नं ८ चण्डिकामा १ हजार ५ सय १९, वडा नं ५ नवाठानामा १ हजार ५ सय १५, वडा नं १४ पातलकोटमा १ हजार ४ सय ९७, वडा नं ११ देविस्थामा १ हजार २ सय ९५, वडा नं ७ रिडिकोटमा १ हजार १ सय ८१, वडा नं १ वैजनाथमा ९ सय ९० र वडा नं १२ खप्तडमा ९ सय ६५ मतदाता रहेका छ्न ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ध्वजवहादुर कुँवरलाई ४ सय २६ मतले पराजित गर्दै नेकपा एमाले उम्मेदवार कुल बहादुर कुँवर निर्वाचित हुनुभएको थियो। हाल नगर प्रमुख कुँवर नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध रहनुभएको छ। नेकपा माओवादी केन्द्रले ५ सय ६३ र राप्रपाले ३२ मत प्राप्त गरेको थियो ।