वडा स्तरीय खोप समन्वय समितिको बैठक खप्तडमा सम्पन्न


पैरवी खबर

साफेबगर – साँफेबगर नगरपालिका वडा न. १२खप्तडमा रहेको स्वास्थ्य चौकीको आयोजना , सेबक नेपाल सुआहारा २ को आर्थिक सहयोग, वडा अध्यक्ष प्रकाश बहादुर रानाको अध्यक्षतामा कोभिड १९ बिरुद्धको खोपको प्रगती समीक्षा तथा आगामी कार्ययोजना सम्बन्धी वडा स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
वडा
कार्यक्रममा प्रमुख अतिथि सेवक नेपाल द्वारा सन्चालित सुआहारा-२ अछामका कार्यक्रम संयोजक लोक बहादुर नेपाली, नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि टेक बहादुर रावल, ने.क.पा. एकीकृत समाजबादी पार्टी प्रतिनिधि बम बहादुर रावल, ने.क.पा. एमाले पार्टी प्रतिनिधि श्याम बहादुर रावल, बुढाकोट स्वास्थ्य चौकी प्रमुख नरेश रावत, नगर पोषण सहजकर्ता धुर्ब बुढा त्यसैगरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, महिला, दलित,विभिन्न आमा समुहका प्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी सुआहारा-२ अछामका कार्यक्रम संयोजक लोक बहादुर नेपालीले बालबिबाह रोकथाम, महिला हिंसा, बालबालिकाको पोषणमा ध्यान दिनुपर्ने जस्ता चेतनामुलक भनाईहरु राख्नुभयो । साथै स्वास्थ्य चौकी खप्तडका प्रमुख शिव कुमार चौधरीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन अ.हे.ब. ध्रुब भट्टले गर्नुभएको थियो ।