मालिका आधारभूत विद्यालय ठुलासेनकाे २५ औं अभिभावक भेला तथा सामाजिक परिक्षण सम्पन्न
टेकराज भण्डारी, फागुन २७, अछाम
मालिका आधारभूत विद्यालय मंगलसेन ६ ठुलासेन अछामको २५ औं अभिभावक भेला तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष गाेविन्द साेवकाे अध्यक्षतामन भएको कार्यक्रममा मंगलसेन नगरपलिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि रहनु भएको थियाे । प्रमुख अतिथि भण्डारीले विद्यालयकाे समग्र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभवक तथा सराेकारवालाहरु प्रतिबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । शिक्षाकाे विकास बर्तमान र भविष्यका लागि महत्त्वपूर्ण भएको भन्दै उहाँले हरेकले आफ्नो जिम्मेवारी सही तरिकाले निभाउनुपर्नेमा जाेड दिनुभयाे ।
हाल विद्यालयमा निजी श्राेतका शिक्षककाे तलबमा लागि समस्या रहेको भन्दै बृहत् आर्थिक संकलन अभियान सञ्चालन गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट एक महिनाकाे सुविधा सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रमका बिशिष्ठ अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ६ का सदस्य देवेन्द्र प्रसाद भण्डारीले विद्यालयकाे विकासका लागि वडाकाे तर्फबाट गरिने सहयोगमा सधैं अग्रसर भएको भन्दै आगामी दिनमा पनि सहयाेग रहने बताउनु भयाे ।
यस्तै विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज भण्डारीले विद्यालयमा विभिन्न समस्या रहेका र समाधानका लागि पहल पनि गरिँदै आएको बताउनुभयो । हाल विद्यालयमा निजि श्राेतका शिक्षककाे तलब भत्ताका लागि समस्या रहेको भन्दै सबै सराेकारवालालाई सहयाेग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक तथा नेकपा एमालेका पूर्व क्षेत्रीय कमिटी सदस्य टंकप्रसाद भण्डारीले विभिन्न समस्या र चुनाैतिकाे सामना गर्दै विद्यालय स्थापना गरिएको र थप गुणस्तर कायम गर्दै अघि बढ्नुपर्ने बताउनु भयाे ।
यस्तै नेपाली कांग्रेसका वडा उपसभापति तथा संस्थापक अध्यक्ष मनिराम भण्डारीले विद्यालयकाे विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्तराज ढुंगानाले विद्यालयकाे समसामयिक, भाैतिक, आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।
कार्यक्रममा गंगा माविका प्रअ माेतिराम भण्डारी, पत्रकार महासंघका नमराज भण्डारी, संस्थापक सेतिराम भण्डारी, शिवशक्ति कृषि सहकारी संस्थाका अध्यक्ष लाेकराज भण्डारी, जग्गादाता सुवानाथ भण्डारी, टाेलविकास संस्था अध्यक्ष काँसिराम भण्डारी, अभिभावक ममता भण्डारी, बाल क्लबका अध्यक्ष अनिता नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
साेही अवसरमा २०७७ काे बार्षिक परिक्षाका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियाे ।