साफेबगर -साफेबगर नगरपालिका ९ बुढाकोटको बास्काटियामा र गेरुखानामा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ ।
बास्काटियामा जनक कुवरको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा सचिव एकेन्द्र थापा लगायत अन्य सदस्यहरु रहेका छन ।
गेरुखानामा जगत बहादुर कुवरको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा सचिव इन्द्र कुवर लगायत अन्य सदस्यहरु रहेका छन ।
वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपक कुवर प्रमुख अतिथि रहनुभएको थियो । पुर्ब जिल्ला प्रतिनिधि परिसद .स.धुर्ब थापा , पुर्ब क्षेत्रीय क.स. नर बहादुर कुवर , नगर कमिटी सदस्य लम्धर प्रसाद भट्ट , शिक्षक संगठन पुर्ब जिल्ला कोसाध्यक्ष मोती थापा , पुर्ब नगर कमिटी सदस्य सन्तोष सुवेदी , टोल बिकास अध्यक्ष पदम बहादुर कुवर लगायत अतिथि रहनुभएको थियो ।
सन्तोष सुवेदी र नवराज कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन वडा कमिटी सचिव नृप बिकले गर्नुभएको थियो ।