नेपाल उत्पीडित जातीय मुक्ति समाज साफेबगरको प्रथम नगर भेला सम्पन्न भएको छ ।
राजेन्द्र कोलिको अध्यक्षतामा भएको नगर भेलाका प्रमुख अतिथि संविधान सभा सदस्य माननीय भैरे कामी रहनुभएको थियो ।
उहाँले : दलित समुदायका विद्यार्थीहरुको नि : शुल्क उच्च शिक्षाका लागि सरकारलाई पटक पटक दबाब दिइरहेको , नेकपा एमाले अरु पार्टीको तुलनामा दलित समुदायको हकहितका लागि काम गर्ने पार्टी भएको र आगामी निर्वाचनमा गाउँ गाउँमा सशक्त ढंगले आफ्ना क्रियाकलाप अगाडि बढाउदै पार्टी लाई बिजयी गरायौ भने महिला , पुरुष , युवा बुढापाकाको ब्यवस्थापन नेकपा एमालेले गर्ने बताउनु भएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य मीन बहादुर कुवर , मुक्ति समाज केन्द्रिय सदस्य जंग बिक , बिशिस्ट अतिथि रहनुभएको भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुवर , पशुपति कुवर ,दुधकला बिस्ट , राधिका भुजेल , दिपक कुवर , शंकर भुल , चक्र सुनार, अमर बिक , झन्कर कुवर ,नेकपाका नेता जयन्द्र स्वार , नगर कमिटी अध्यक्ष ललित कुवर , नगर कमिटी उपाध्यक्ष ललित रैगाइ , नगर कमिटी सचिव ललित बोगटी , सुर्जन नेपाली मुक्ति समाज केन्द्रिय सदस्य ,अपांग समन्वय समिति साफेबगर नगर अध्यक्ष सर्जन परियार , भिम बडाहित अनेरास्ववियु जिल्ला सचिव , नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य जानकी लुहार, अतिथि रहनुभएको थियो ।
मुक्ति समाज जिल्ला कमिटी सदस्य केवल आउजीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला कमिटी सदस्य शंकर भुलले गर्नुभएको थियो ।