टेकराज भण्डारी, माघ २३, अछाम
अछाममा मरेकाे अवस्थामा चितुवा फेला परेकाे छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा मृत अवस्थामा चितुवा फेला परेकाे डिभिजन वन कार्यालय अछामले जनाएको छ ।
शुक्रबार मरेकाे अवस्थामा फेला परेकाे चितुवा आज डिभिजन वन कार्यालय ल्याईएकाे कार्यालयका सूचना अधिकारी रेञ्जर विमल चन्दले जानकारी दिनुभयो ।
“चितुवा मरेकाे अवस्थामा भेटिएको र खबर पाएपछि जिल्लामा ल्याई पाेष्टमार्टम गरिएको छ” रेञ्जर चन्दले बताउनुभयो ।
चितुवाकाे शरिरमा स्यालले खाएकाे समेत भेटिएको उहाँकाे भनाइ छ ।
पाेष्टमार्टम रिपोर्ट अनुसार दुई चितुवा आपसमा लडेर मरेकाे पाईएकाे सुचना अधिकारी चन्दले बताउनु भयाे ।
पशुसेवा कार्यालयका पशु चिकित्सकले पाेष्टमार्टम गरेका र दुई चितुवा आपसमा लडेपछि एउटा मरेकाे पाईएकाे उहाँले जानकारी दिनुभयाे ।
मरिसकेपछि स्यालले खाएकाे पाईएकाे चन्दले बताउनु भयाे ।