नेशनल लाईफ इन्स्योरेन्सद्वारा ६ लाख ८ हजारको मृत्यु दाबी चेक हस्तान्तरण


पैरवी खबर

अछाम :नेपालकै पहिलो तथा अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यृ दावी हस्तान्तण गरेको छ । कम्पनीले मेल्लेख गा.पा वडा न. ५ बिन्देबासिनी बस्ने बीमित स्वर्गिय अबिरल रोकायाका बुवा हिरा सिंह रोकाया तथा आमा सीता देवी रोकाया लाई ६ लाख ८ हजार रुपैयाको मृत्यृ दावी रकम (चेक) भुक्तानी गरेको हो ।
स्वर्गिय रोकायालाई नेशनल लाईफ ईन्स्योरेन्समा गत २०७७ असार ३१ गते अभिकर्ता श्री भुपेन्द्र रोकायाले जिवन अमृत बीमा गराउनु भएको थियो। नेशनल लाईफ इन्स्योरेन्स एजेन्सी कार्यालय मेल्लेख तथा नन्देगडाले संयुक्त्त रुपमा आयोजना गरेको कार्यक्रमका विच उक्त रकमको चेक मेल्लेख गाउँ पालिका वडा न. ५ का वडा अध्यक्ष श्री रमेश बहादुर खड्का तथा कम्पनीका शाखा प्रमुख दिपक बहादुर खड्का द्वारा हस्तान्तण गरिएको हो ।

स्व.रोकायाले यस कम्पनीमा ३ लाखको बिमा गरि १ किस्ता मार्फत १९९८६ रकम मात्र तिर्नु भएको थियो । स्वर्गीय रोकायाको यहि २०७८ पौष ९ गते भारतको गुजरातमा करेन्ट लागेर मृत्यु भएको थियो । स्व.रोकायाका परिवारलाई कम्पनीको नियम अनुसार पाउने सुबिधा अन्तरगत बिमाङ्क रकमको २ गुणा ( ३ लाखको ६ लाख ) तथा सो समय सम्मको वोनस गरि जम्मा रु.६ लाख ८ हजार रकम प्रदान गरिएको कार्यालय प्रमुख दिपक बहादुर खड्काले बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा मेल्लेख गा.पा. वडा न.५ का वडा अध्यक्ष रमेश बहादुर खड्काले बिमा गर्नै पर्ने कुरा भएकोले आफ्नो क्षमता अनुसारको बिमा जुन सुकै मानिसले पनि गर्नै पर्ने सल्लाह दिनु हुदै आज स्वर्गीय अबिरल हामी बिच न भए पनि उहाले आफ्नो परिवारको लागि मायाको चिनो स्वरूप ६ लाख बढी रकम छोडेर गएको तथा अन्य भाइ बहिनी तथा बुढा बुवा आमालाई बुढेसकालको साहरा छोडेको हुदा उक्त ६ लाख उस्का परिवारका लागि ६ करोड जस्तै भएको बताउनु भएको छ ।
कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी कार्यालय मेल्लेख प्रमुख मनिराज महर , एजेन्सी कार्यालय नन्देगडा प्रमुख जीवन बहादुर बुढा , अभिकर्ता भरत बहादुर साउद , भुपेन्द्र रोकाया , भिम महर , सुरेश सिङ्ह सार्की , सुरेश न्यौपाने , नृप बहादुर साउद , निरुता साउद , , जानु साउद ,छिमेकी लघुबित्त शाखा साफेबगर प्रमुख देबिन्द्र थापा ,पत्रकार लाल बहादुर चदारा , मेल्लेख प्रहरी चौकी इन्चार्ज स.प्र.नि टंक प्रसाद अवस्थी ,समाजसेबि तथा बुद्धिजिबि नृप बहादुर खड्का , मीन बहादुर रोकाया , कासिराम रोकाया , नन्द बहादुर खड्का , हिरा सिङ रोकाया , तेज बहादुर साउद , जोगि सिंह बोहरा , दान सिंह बोहरा , बुद्धि सिंह बुढा ,जिगि धामी मान बहादुर साउद , महिला अधिकारकर्मी रोसन देबि थापा खड्का , स्वास्थ्यकर्मी , सत्य देबि अधिकारी ,वाक नेपालका प्रतिनिधि रमेश भुल लगाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन नेशनल लाईफ इन्स्योरेन्स कम्पनी का लेखापाल श्री कृष्ण बहादुर ठकुल्लाले गर्नु भएको थियो ।

कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी नेपालको पहिलो कम्पनी हुनूका साथै नेपालको सर्बाधिक ६४ देखि ८५ रुपैया सम्म बोनस दिने कम्पनीका साथै नेपाल सरकार को पूर्ण स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंक प्रबर्द्धक रहेको , ५० लाख सम्म को दुघर्टना बिमा तथा ५० लाख सम्म को विभिन्न घातक रोग सम्बन्धी उपचार खर्च सुविधा दिने कम्पनी रहेको विषयमा पनि जानकारी गराइ थियो ।