राष्ट्रिय दलित पत्रकार संघ नेपाल , अछामद्वारा श्रद्धाञ्जली सभा सम्पन्न


पैरवी खबर

स्वर्गीय पत्रकार एल.बि.बिश्वकर्माको दु:खद निधन प्रति शोक व्यक्त गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति अछामले साफेबगर अछाममा श्रद्धाञ्जली सभा गरेको छ । पत्रकार संघले रामारोशन गाउँपालिका ०५ नेटाकोट घरभै हाल कामको शिलशिलामा काठमाडौ टिभी टु डे मा कार्यरत , क्रियाशिल पत्रकार संघ केन्द्रिय सदस्य मृतक पत्रकार बिश्वकर्माको परिवारलाई क्रिया खर्च स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । संघले उहाको परिवारलाई आर्थिक गर्न दलित अगुवा र अन्य सहयोगी दाताहरुलाइ आग्रह गरेको छ । सभामा दलित अगुवा राधिका भुजेल , राजेन्द्र बगरकोटी , सुरत भुल, बि .एस. ओड , धुर्ब बि.क., जानकी लुहार, नेत्र परियार , बिनोद भुल , हरिस परियार , नरेश बि .क लगायतको उपस्तिथि रहेको थियो । संघका अध्यक्ष सुरत सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रमेश पुरुषले गर्नुभएको थियो ।