बान्निगढी जयगढ गा.पा.४तिमिल्सैनमा भुमिहिन /सुकुम्बासीको तथ्यांक संकलन गरिदै


पैरवी खबर

पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC अछामको समन्वयमा गाउँपालिकाको तिमिल्सैनमा वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाको अध्यक्षतामा सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा भुमिहिन , सुकुम्बासीको तथ्यांक संकलन गरिएको छ । जस्मा : टेके सार्की , मोहन दमाई ,सेते दमाई , शिव दमाई , गिता दमाई ,पबित्रा आउजी रहेका छन । कार्यक्रममा वडा सदस्य भुपेन्द्र खत्री , वडा सचिव समिक्षा थापा ,समाजसेवी रंग बहादुर ठकुल्ला , RTI प्रदेश सदस्य मनिष बि.क. लगाएत स्थानीय सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको संचालन टोलि संयोजक चेतमान सिंह खड्काले गर्नुभएको थियो ।