भुमिहिन तथा सुकुम्बासी विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ।बान्निगढी जयगढ गाउँपालिका गाज्राका वडा अध्यक्ष हिरिन्ड बहादुर खड्का को अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा भुमिहिन तथा सुकुम्बासीहरुको तथ्यांक संकलन गरिएको छ । जस्मा:
बिरकेश तिरुवा,भरत तिरुवा ,शेरे टमट्टा , कम्मान टमट्टा ,धौले कडारा ,राधा भुल ,झन्कर भुल,सेते लुहार ,टंक खड्का ,तिले तिरुवा, सुरज सुनार,कर्न भुल,मोतिसरा भुल,देबु देवि तिरुवा,रुप बहादुर थापा ,टंक बहादुर खड्का ,ध्वज जोशी ,शेरे भुल ,भरत थापा ,डिक्रा बोहरा ,जानकी थापा रहेका छन ।वडा अध्यक्ष खड्काले आफ्नो वडामा रहेका भुमिहिन र सुकुम्बासीहरुलाइ जसरी भए पनि जग्गा र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य आरती खड्का ,वडा सदस्य भरत सुनार,शिक्षक प्रतिनिधि प्रेम खड्का ,fmdc जिल्ला अधिकृत गणेश तिरुवाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन RTI प्रदेश सदस्य मनिष बिकले गर्नुभएको थियो ।