साफेबगर नगरपालिका लाई कोभिड-१९ स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोगमा अन्तरधार्मिक शान्ति महासंघ नेपाल र स-शक्त्तिकरणका क्षेत्रमा युवाहरू (एस) नेपाल अछामको साझेदारीमा अछाम जिल्लामा संचालन भइरहेको शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम अन्तरगत कोभिड -१९ सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको हो । अक्सिजन कन्सनट्रटोर्स ५ लि .२ पीस , एन्टिजेन टेस्ट कीट १४२ पीस , मास्क ४००० पीस , सेनिटाइजर ९० पीस , ग्लोभ्स ४०० पीस , पल्स ओक्सिमेटर ७ पीस ( एस) नेपाल का कार्यकारी प्रमुख दिपिका बोहराले नगर प्रमुख कुलबहादुर कुवर र स्वास्थ्य शाखा प्रमुख पुस्प बुढा लाई हस्तान्तरण गर्नुभएको हो । यसैगरी गत बर्ष पनि संस्थाले विभिन्न स्थानीय तहलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु बितरण गरेको थियो । जस्मा : जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल लाई स्वाव संकलन बुथ २ वटा , पि पी इ सेट , कोभिड -१९ सुरक्षाका सामाग्री साफेबगर नगरपालिका को ११ न . वडा देविस्थान , खप्तड , बाब्ला र त्यहाका बिद्यालयहरुमा , मेल्लेख गाउपालिका ३ न. वडा र ६ न . वडा तथा स्वास्थ्य चौकीमा , ६ न . वडा शोडसा मा रहेको क्वारेन्टाइनमा खाद्यान्न सामग्री सगयोग गरिएको हो ।