क प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ४५ योजना छानिए


पैरवी खबर

प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं.१ को ‘क’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो ।निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत पर्ने दुई स्थानीय तहका लागि बजेट विनियोजन भएको छ ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत साँफेबगर नगरपालिकाका शिद्देश्वर, पातलकोट, मष्टमान्डौं, देविस्थान, घुघुरकोट, खप्तड रचौरपाटी गाउँपालिकाको वडा नं.२ सोकट, दुनी र मार्कु वढी प्राथमिकतामा परेका छन् ।

साँफेबगर नगरपालिकामा २९ योजना र चौरपाटी गाउँपालिकामा १६ योजना गरी ४५ वटा योजनानिर्वाचन क्षेत्र नं.१ को ‘क’ मा छनोट भएका छन् । निर्वाचन क्षेत्र ‘क’ अन्तर्गत सबैभन्दा वढीसाँफेबगर नगरपालिकामा १ करोड ९८ लाख र चौरपाटी गाउँपालिकामा ९९ लाख वजेट विनियोजित भएको छ । यस्तै प्रशासनीक खर्चको लागि ३ लाख वजेट विनियोजित गरिएको छ । वडा मध्येमा सवैभन्दा वढी साँफेबगर नगरपालिकाको वडा नं.३ शिद्देश्वरमा ३५ लाख वजेटको व्यवस्थापन गरिएको छ । शिद्देश्वरमा स्मारिक हाटवजार सहिद पार्क निर्माणमा १० लाख, भमक तटबन्दको लागि १० लाख, टोटाशाल तटबन्ध पक्किपुल, कुले सिगाडा घेरा पर्खाल मर्मत र हड्डेगडा पहिरो नियन्त्रणको लागि तीन वटा योजनामा ५÷५ लाखविनियोजन भएको छ । त्यसपछि वडा नं १४ पातलकोट वडा कार्यालयको अधुरो भवन निर्माणमा २५ लाख वजेटको व्यवस्था रहेको छ ।

वडा नं ४ मष्टमान्डौंमा चार वटा योजनाको लागि २४ लाख वजेटविनियोजन भएको छ । प्रगतिशिल आधारभूत विद्यालय घेरा पर्खाल र फर्निचर निर्माणमा ८ लाख, भगवति छडिखोला पायडी सडक ५ लाख, सेफ हाउस निर्माणमा ६ लाख र हिरण्ड कुँवर प्रतिक्षालय निर्माणमा ६ लाख वजेट विनियोजित गरिएको छ । चौरपाटी गाउँपालिका वडा नं.२ सोकटमा दुई वटा योजनाको लागि २२ लाख रकम विनियोजन भएको छ । नाउलीकोट देवली पपडिखेत वाँझाखेत मोरा पतलचौर तटबन्धनमा १६ लाख र घोडेदाउना पतलवाडा प्रमुल्ली सिँचाई योजनामा ६ लाख वजेट विनियोजित गरिएको छ । यस्तै नं.६ दुनीमा चार वटा योजनाको लागि २२ लाख रकम छुट्याइएको छ । सेलपाखा सिचाई योजना र डाँडाँगडा खैलमैदानको लागि ६÷६ लाखविनियोजन भएको छ । यस्तै सडैसैन खानीपानी योजना र पन्चकोटी आधारभूत विद्यालयको घेरा पर्खालमा ५÷५ लाखविनियोजन भएको छ ।
साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानमा ४ वटा योजनाको लागि २० लाख वजेट विनियोजित गरिएको छ । भिर्कु विद्युत लाईन विस्तार, मष्टमान्डौं सिचाई योजना, देविस्थान डाँडागाउँ पटकानी जेष्ठ नागरिक मिलन केन्द्र र गडुल ग्रामिण सडकमा ५÷५ लाखविनियोजन भएको छ । वुढाकोटमा तीन वटा योजनाको लागि १८ लाख विनियोजन गरिएको छ । भगवति मन्दिर निर्माण ५ लाख, वुढाकोट माविमा फर्निचरको लागि ५ लाख र पर्यटन गेष्ट हाउस दुधनाउलामा ८ लाख रकम विनियोजन भएको छ ।
चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा तीन योजनाको लागि १५ लाख वजेटको व्यवस्था गरिएको छ । दुवाडी सिचाई पोखरी, पिन्द्रा घोडेडाँडा पाइप लाईन सिचाई र कोलगैरादेखि काटेवाटासम्म रेलिङ्ग निर्माणमा ५÷५ लाखविनियोजन भएको छ । यस्तै घुघुरकोटमा दुई वटा योजनाको लागि १३ लाख रकम विनियोजित गरिएको छ । जिउराडी वगर तटबन्धन तासीमा ८ लाख र चुल्ठे सिचाई पोखरी निर्माणमा ५ लाख विनियोजित गरिएको छ ।
साँफेबगर नगरपालिका वडा नं.१२ खप्तडमा खाँददेखि भेरासैन सम्म सडक विस्तारमा ७ लाख र खप्तड प्रावि मर्मतको लागि ५ लाख रकम छुट्याईको छ । वडा नं.७ रिडिकोटमा भेरासैन सितावगर सिचाई कुलोमा ६ लाख र कोटको सिमल तटबन्धमा ७ लाख विनियोजित गरिएको छ । वडा नं.१३ वाव्लामा जनता प्रावि घेरापर्खालमा १० लाख, वडा नं.१ वैजनाथमा सन्त महन्त निवासी वैद्यनाथ क्षेत्रमा ६ लाख, वडा नं.२ जाल्पादेविको मार्कु लोलि खानेपानी योजनामा ६ लाख, वडा नं.५ तवसि माउलखडी पटककानी सम्म वाटोको लागि ५ लाख वजेट छुट्याएको छ । यस्तै वडा नं.६ भाग्यश्वरमा वडाकोट कुुलदेवता मन्दिर मर्मत ५ लाख, वडा नं.८ चण्डिकामा वयलपाटा वजारदेखि महेन्द्र माविसम्म सडक निर्माणमा ६ लाख वजेट विनियोजित भएको छ ।
चौरपाटी गाउँपालिका वडा नंं १ सिउडीमा कैलेखोला खिडिगाउँ खानेपानी योजना १० लाख, वडा नं.३ को डुंग्री प्रावि शौचालय निर्माणमा ५ लाख र छतारा आधारभूत विद्यालयमा शौचालय निर्माणमा ५ लाख, वडा नं.४ पायलमा तल्लोधामी र तल्लो ठाडीकाट्टेमा पटकानी निर्माण र जेष्ठ नागरिक मिलन केन्द्रमा ५÷५ लाख र वडा नं.५ लुंग्रामा सुगरखोला सिचाई पोखरी गहिल र धाराखोलामा सिमसैरा सिचाई कुलोमा ५÷५ लाख वजेट विनियोजित भएको छ ।