तिलक साउदको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) मेल्लेख गाउपालिका ४ न वडा कमिटी को बैठक सम्पन्न भएको छ । कमिटी अध्यक्ष क तिलक साउद को अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति अखिल (क्रान्तिकारी ) केन्द्रिय सदस्य क गम्भीर साउद रहनु भएको थियो । पालिका सदस्य क पुर्ण साउद, वडा अध्यक्ष क भिम साउद, उपाध्यक्ष क मन साउद, सचिव क राम साउद, वाइसीएल अध्यक्ष दिपक रावल ,उपाध्यक्ष रुपक ताम्राकार , अतिथि रहनुभएको थियो । बैठक को संचालक जंग साउद ले गर्नु भयको थियो। बैठकबाट तिलक साउदको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको छ।