पैरवी खबर

पूर्व उपप्रधानमन्त्री नेकपा एमालेका निवर्तमान उपाध्यक्ष डा. भिम रावलले जनताको मतको सधैं कदर गरि रहने बताउनु भएको छ। मेल्लेख गाउँपालिका संगठन कमिटीका अध्यक्ष केशार बहादुर साउँद अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफुले जनताले दिएको मतको कहिल्यै अवमूल्यन नगरेको बताउनु भएको छ। उहाँले जनताले दिएको मतको जहिल्यै सम्मान गरेको बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा विघटन गर्न पाईदैन भनेर आफू लडे पनि त्यो पूरा हुन नसकेको बताउनु भएको थियो। उहाँले आफुले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाका तयार भए पनि त्यसको कार्यान्वयन नभएका कारण पार्टीमा फुटको अवस्था आएको बताउनु भएको छ। उहाँले पार्टी अध्यक्ष केपि शर्माओलिलाई आफुले बारम्बार गुटबन्दी नगर्न आग्रह गरेको बताउनु भएको छ। डा. रावलले पार्टीलाई अगाडि बढाउन आफुले सधैं सकारात्मक भुमिका खेली रहेको बताउनु भयो। उहाँले भरखरै चितवनमा भएको पार्टीको १० औं महाधिवेशनमा ठुलो चलखेल भएको बताउनु भएको छ। उहाँले आफुले पार्टी अध्यक्षको चुनावमा हारे पनि मनोबल उच्च रहेको बताउनु भएको छ। उहाँले मत परिणाममा आफुले हारे पनि नैतिकताका आधारमा आफ्नो जीत भएको बताउनु भयो। नेता रावलले अन्यायमा परेका, दमनमा परेका, पीडित जनताका लागि आफू सधैं लागि रहेको बताउनु भयो। उहाँले आफू आगामी दिनमा पनि जनता साथमा रहेरै काम गर्ने बताउनु भएको छ।
यस्तै अगुवा कार्यकर्ता भेलामा केन्द्रीय अनुसन्धान कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द बिशिस्ट अतिथि रहनु भएको थियो। अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले लोभ देखाउने पार्टीको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ। उहाँले शुर्य चिन्हबाट चुनाव जितेर गएकाहरु समाजवादको झुठो नारा देखाएर गाउँगाउँमा पस्ने गरेको बताउनु भएको छ। उहाँले आगामी निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ। उहाँले पार्टीसंगसंगै विकास निर्माणका कामहरुलाई पनि निरन्तरता दिनु पर्ने बताउनु भएको छ। अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम बहादुर बुढा, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकश शाह, पशुपति कुँवर, जयन्द्र कुँवर, प्रेम बहादुर महर, साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष कृष्ण बहादुर बिक, युवा संघका दिपक कुँवर, अनेरास्ववियुका नरेन्द्र खड्का, महिला संघका कमल देवि ताम्राकार लगाएतले मन्तव्य राख्नु भएको थियो। नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी उपसचिव चन्द्रा देवि बुढाले स्वागत मन्तव्य राख्नु भएको अगुवा कार्यकर्ता भेलाको संचालन नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी सचिव सुरेन्द्र साउँदले गर्नु भएको थियो।