नेकपा एमाले साफेबगर नगर कमिटीको प्रथम बिस्तार बैठक सम्पन्न


पैरवी खबर

नेकपा एमाले साफेबगर नगर कमिटीको प्रथम बिस्तारित बैठक साफेबगरमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष ललित कुवर को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य देवबहादुर कुवर , रहनुभएको थियो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन बिभाग प्रमुख प्रकाश शाह , जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर शाह , रमेश कुवर, लालबहादुर खड्का , केशर मिया , शिव खड्का , पूर्णसिंह कुवर , जिल्ला कमिटी सदस्य लालबहादुर रावत ,नैनसिंह कुवर , बि एस ओड , आकश कुवर , हिरिण्ड कुवर , सुरत भुल, कर्ण साउद ,मोती सिंह कुवर , विद्यार्थी नेता भिम बडाहित अतिथि रहनुभएको थियो । बैठकमा साफेबगर नगरपालिकामा पार्टीको संगठन बिस्तार गर्ने र पौष मसान्त भित्र टोल कमिटीहरु गठन गर्ने लगाएतका निर्णयहरु गरिएका छन । कमिटीका उपाध्यक्ष ललित रैगाइले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन उप सचिव सीता कुवरले गर्नुभएको थियो ।