साफेबगर :नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर शिलोजले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर वैद्यनाथ क्षेत्र विकास संस्थाद्धारा स्थापति वैद्यनाथ अक्षयकोषमा सहयोग गर्नुभएको छ । २१ हजार १ सय ११ रुपैया वैद्यनाथ अक्षय कोषमा सहयोग गर्नुभएको छ । उक्त रकम वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायलाई हस्तान्तरण गर्नुभएको छ । वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीको अध्ययनमा सहयोग पुगोस भनेर आफूले उक्त रकम सहयोग गरेको प्रदेश कमिटी सदस्य कुँवरको भनाई रहेको छ । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु हुँदैन भनेर सहयोग गरेको उहाँको भनाई रहेको छ । जन्मदिनमा हुने फजूल खर्च परोपकारी र सामाजिक कार्यमा गरिने सहयोगले समाजमा पनि सकरात्मक सन्देश दिएकोे वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले जन्मदिनलाई सधैं अविश्मरणिय बनाउनका लागि परोपकारी कार्यलाई बढवा दिन जरुरी रहेको बताउनुभयो ।