अछाम :स्थानीय स्तरमा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम साँफेबगरमा सुरु भएको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोग, जिआईजेड सुशासनका लागी क्षमता विकास कार्यक्रम (सिडिएसजी) र सुशासन तथा विकास प्रतिस्थान (आईजीडी) को प्राविधिक सहयोगमा आठ दिने मेलमिलाप सम्बन्धि कार्यक्रम सुरु भएको हो।
साँफेबगर नगरपालिका नगर कार्यपालिकाका सदस्य शंकर भुलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख जीत बहादुर निशानी रहनु भएको थियो।
प्रमुख अतिथि मेलमिलाप सम्बन्धि सिकेका कुराहरूलाई व्यवहारमा ल्याउनु पर्ने बताउनु भएको छ। उहाँले समाजमा हुने विभिन्न खाले विवादहरुलाई समाधान गर्न भुमिका खेल्नु पर्ने बताउनु भएको छ। उहाँले समाजमा शान्ती सुरक्षा र मेलमिलाप कायम गर्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ। यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगर कार्यपालिका सदस्य शंकर भुलले नगरपालिकामा रहेको न्यायिक समितिमा विभिन्न खाले उजुरीहरु आउने गरेकाले आफूहरुले मेलमिलापको माध्यमबाट मिलाउँदै आएको बताउनु भएको छ।
उद्घघाटन कार्यक्रममा न्यायीक समिति सदस्य मिना देवी बि.क., अधिवक्ता कविता पाण्डे, मेलमिलापविज्ञ कविता अधिकारी, जीआईजेड (सिडीएसजी) का पूर्णकला राई, १४ वटै वडाका मेलमिलापकर्ता लगाएतको सहभागिता रहेको थियो।
आधारभुत प्रशिक्षण उद्घाटन कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका कानून शाखाका उजुरी प्रशासक नृप विश्वकर्माले गर्नु भएको थियो। आधारभुत प्रशिक्षण मंसिर ६ गते सम्म चल्ने जनाईएको छ।