जाल्पादेवीमा भुमिहिन र आमा बुवा गुमाएका बालबालिकाहरुको विवरण संकलन कार्य शुरु ।


पैरवी खबर

अछाम :साफेबगर नगरपालिका ०२जाल्पादेवीमा भुमिहिन तथा आमा बुवा गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन कार्यको लागि पहिलो चरणको बसाई सम्पन्न भइ विवरण संकलन कार्य शुरु गरिएको छ। वडा अध्यक्ष कालू सिंह कुवर र सहभागी सरोकारवालाहरुको मौखिक जानकारी अनुसार आमा बुवा गुमाएका बालबालिका र केहि अन्य लालपुर्जा नभएका ब्यक्तिहरुको विवरण संकलन भएको छ ।पुरै वडा को विवरण संकलनका लागि अझै ३/४ दिन जति समय लाग्ने भएको छ यस्को जिम्मेवारी वडा कार्यालय जाल्पादेवीले पनि लिएको छ ,विवरण कार्य सकिए लगत्तै नागरिक समाज संजाल , पत्रकारहरु त्यस वडाका सरोकारवाला पार्टी प्रतिनिधिको दोश्रो चरण को बसाई हुने भएको छ । तेस्रो चरण मा सत्यतथ्य विवरण आए नाअएको बारे घरदैलो कार्यक्रम गरिने छ।अध्यक्ष कुवरले जाल्पादेवीबासी भुमि हिन र आमा बुवा गुमाएका बालबालिकाका अभिभावकहरुले वडा कार्यालय मा स्वयं उपस्थित भइ आफ्नो विवरण बुझाउन समेत आग्रह गर्नु भएको छ । नागरिक समाज संजाल साफेबगरको आयोजना तथा ०२ न वडा जाल्पादेवीका वडा अध्यक्ष कालू सिंह कुवरको अध्यक्षतामा सम्पन्न भएको तथ्यांक संकलन कार्यक्रममा वडा सदस्य तुले भुल,शिक्षक टेक बहादुर कुवर ,नेपाली काङ्ग्रेस वडा सभापति मीन बहादुर कुवर,वडा स्तरीय युवा संजालका हरिश परियार , समाजसेवी सेत बहादुर कुवर ,स्वास्थ्यकर्मी राधिका शाह स्वार ,सामाजिक सहजकर्ता कल्पना स्वार,पशु प्राबिधिक दल बहादुर भुलको उपस्तिथि रहेको थियो । यो अभियान साफेबगर नगरपालिका का १४ वटै वडामा निरन्तर रूपमा जारी रहेको छ । FMDC अछामका जिल्ला संयोजक गणेश तिरुवा, पत्रकार महासंघ अछामका गिता कुवर , रेडियो जनपृय का कल्पना बोहरा , पत्रकार रमेश पुरुष तथ्यांक संकलनकर्ता रहनुभएको थियो ।